दमक कांग्रेसले वीपीलाई यसरी सम्झियो !
यज्ञप्रसाद भट्टराई
साउन ७, २०८० आइतबार १२:१०:२
७ साउन, काठमाडौं । ४१ औं वीपी स्मृति दिवसमा नेपाली कांग्रेसले दमकमा विविध कार्यक्रम गरेको छ । कांग्रेस दमक नगर समिति र प्रदेश सभा क्षेत्र ५ (ख) को संयुक्त आयोजनमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस झापाका पूर्व सभापति एवं वि.पि. कोईरालाका अति प्रिय व्यक्ति जिजित आदर्श, झापाकै पूराना नेता पूर्णानन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो । उनले कांग्रेसले वीपि विचारलाई आत्मसाथ गरेर लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने औंल्याए । नेता शर्माले कांग्रेस वीपी विचारबाट स्खलित हुन नहुने पनि बताए ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला उपसभापति शेरबहादुर भट्टराई सहित महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरू, प्रदेश क्षेत्र, नगर तथा वडा समितिका पदाधिकारी सदस्यहरु, भातृ संघका नेताहरू लगायत कार्यकर्ताहरुको उल्लेखिय सहभागिता रहेको कांग्रेस दमक नगर उपसभापति युवराज खनाल सागरले नेपाल बहसलाई जानकारी दिए ।
कांग्रेसका प्रदेश सभा क्षेत्र (ख) का सभापति रवि न्यौपानेले स्वागत मन्तव्य राख्दै कांग्रेस भित्रको बलियो एकताले मात्रै पार्टीले सबै निर्वाचनहरू जित्न सक्ने भएको सत्यलाई सबै नेता, कार्यकर्ताहरुले आत्मसाथ गर्नुपर्ने औंल्याएका थिए ।
वडा वडामा वृक्षारोपण
सो अवसरमा नगर समितिले नगरका १० वटै वडाहरूमा विभिन्न प्रजापतिका फलफूल, घाँसका विरुवाहरू उपलब्ध गराएको नगर सचिव आर.सी अधिकारीले जानकारी दिएका छन् ।
यसैक्रममा दमक ५ वडा समितिले दिपिनी आधारभूत विद्यालयमा वृक्षारोपण गरेको वडा सभापति चैतन्य बरालले जानकारी दिए । वृक्षरोपणमा पार्टीका जिल्ला उपसभापति शेरबहादुर भट्टराई, जिल्ला सदस्य, नगर तथा वडा समितिका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
पार्टी कार्यालयमा रक्तदान
त्यसैगरी सोही अवसरमा कांग्रेस दमक ९ ले पार्टी कार्यालयमानै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । पार्टीका वडा सभापति युवराज कोइरालाका अनुसार रक्तदानमा महाधिवेशन प्रतिनिधिहरु मेदनी प्रसाद सिटौला, अइन्द्रराज केरुङ, महिला नेतृहरु कल्पना राई, शान्ति पौडेल लगायत २५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान आयोजना गरिएको थियो ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसको माग सम्बोधन हुनेगरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार