ज्येष्ठ नागरिक भन्छन्, “भत्ता नै बुढेसकालको सहारा”
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १६:४८:११
९ साउन, तनहुँ । “कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते गर्याे र गएँ पनि,” भानु नगरपालिका–१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भनिन्, “तर झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किए ।” भानु नगरपालिका–१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दुईवर्ष पहिलेको अनुभव सुनाएकी हुन् ।
उनीजस्तै अन्य ज्येष्ठ नागरिकले समेत ज्येष्ठ नागरिक भत्ता आफूहरूको बुढेसकालको दिगो सहारा भएको बताए । छोरासँगै बस्न भनेर दुई वर्ष पहिले भरतपुर गए पनि एक महिना बस्दैमा आत्तिएर गाउँ फर्किएको धनमायाको अनुभव छ । प्रचण्ड गर्मी र पानीको नमीठो स्वादले अत्तिएर गाउँ फर्किएको उनले जानकारी दिइन् ।
“रातभरी पङ्खा लगाए पनि बानी नपरेकाले चितवनमा तातो हावाले गर्दा सुत्नै नसकेर खुबै आत्तिए,’ धनमायाले भनिन्, “गाउँमा भने पङ्खा नै चाहिँदैन । अहिले पनि कम्बल ओडेर सुत्ने गर्छौँ ।” म्याग्दे गाउँपालिका–६ की ७३ वर्षीया राममाया परियारले आफ्ना तीन छोराले बेवास्ता गरेपछि आफू राज्यले दिने भत्ताकै भरमा एक्लै बस्दै आएको गुनासो गरिन् ।
उनको श्रीमान् तिलबहादुरको ७५ वर्षको उमेरमा दुई वर्ष पहिले मृत्यु भएको थियो । विवाह भइसकेका तीन छोरीले आफूहरूसँग बस्न भनेपनि एक्लै बसेर बाँकी जीवान धानेको परियारको भनाइ थियो । ‘श्रीमान् खसेपछि छोराहरूले वास्ता नै गरेनन् । छोरीहरूले हामी पाल्छौँ भनेर हत्ते गरेपनि बुढाको चिनो घर छाड्न मनले मानेन,’ उनले भनिन्, “त्यसैले भत्ताकै भरमा धानिँदै आएकी छु ।”
आफू र श्रीमती शिरमायालाई ज्येष्ठ नागरिक भत्ताले ठूलो राहत मिलेको म्याग्दे गाउँपालिका–४ का ७६ वर्षीय नरबहादुर थापामगरले बताइन् । दुई छोराले थर्पु बेँसीमा घर बनाएर बसेपनि आफूहरुले मूल घर नछाडेको उनले जानकारी दिइन् । “भत्ताले गर्दा बुढाबुढीले भनेजस्तो खाएकै छौँ । मन परेको लाएकै छौंँ ” नरबहादुरले भने, “हामी बुढाबुढीलाई भत्ता नै ठूलो सहारा भएको छ ।”
म्याग्दे–४ थर्पुस्थित ज्योति विकास बैंकमा सोमबार भेटिएका नरबहादुर दम्पत्तिले राज्यले भत्ता नदिए जीवन धान्न सास्ती पर्नेसमेत बनाए । घरबाट करिब एक घण्टाको बाटो सवारीसाधनमा आउनुपर्दा आफूहरूलाई सास्ती भएको र राज्यले ज्येष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर रकम दिने व्यवस्था गर्नुपर्नेमा नरबहादुरले जोड दिए ।
आफूले पाउँदै आएको भत्ता रकमसमेत घरखर्च र परिवारको औषधि उपचारमा खर्च गर्दै आएको म्याग्दे– २ थुम्कीबाट भत्ता लिन बैंकमा आएकी ७३ बर्षीया जुठी कामीको भनाइ थियो । दुई छोरीको विवाह भइसकेको र एक छोरा ५७ बर्षीय धनसिं रोगी भएको जुठीले बताए । “यो पैसा निकालेपछि भोलि नै छोरालाई लिएर जँचाउन पोखरा जाने विचारमा छु,’ श्रीमान् तिलबहादुरको १०÷११ वर्ष पहिले मृत्यु भएको बताउँदै उनले भने, “भत्ता रकम नपाइँदो हो त हामी गरिब त्यसै मर्ने थियौं। यही रकमले औषधि उपचार पनि गर्न पाइएको छ ।”
राज्यले दिने भत्ता रकम गाउँ घरमै दिने व्यवस्था गरे आफूहरूले घण्टौँ हिँडेर आउन नपर्ने जुठीले बताए । राज्यले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक रु चार हजार , ६० वर्ष उमेर कटेका दलित ज्येष्ठ नागरिक र कर्णाली प्रदेशकालाई मासिक रु दुई हजार छ सय ६०, एकल महिला र विधुवालाई मासिक रु दुई हजार ६६०, पूर्ण अपाङ्गता भएकालाई मासिक रु तीन हजार नौ सय ९०, अतिअशक्त अपाङ्गता भएकालाई रु दुई हजार एक सय २८ र लोपोन्मुख आदिवासी जनजातिलाई मासिक रु तीन हजार नौ सय ९० र दलित बालबालिकालाई मासिक रु पाँच सय ३२ राज्यले उपलब्ध गराउँदै आएको छ ।
प्रत्येक तीन महिनामा राज्यले बैंकमा भत्ता रकम उपलब्ध गराउने गर्दछ । सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधिअनुसार साउन महिनामा नवीकरण गरिसक्नुपर्ने गरी राज्यले सूचना प्रवाह गरिसकेको स्थानीय पालिकाहरुले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक [ फोटोफिचर ]
जेठ ९, २०८१ बुधबार
स्थानीय उत्पादन बेच्न ६ घण्टा पैदलयात्रा
जेठ ८, २०८१ मंगलबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार