वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष सञ्चालन
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १७:०:३८
९ साउन, काठमाडौं । वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो ।
अस्पतलाका निर्देशक डा. सन्तोष पौडेलका अनुसार उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहितको सुविधा छ । वीर अस्पतालको पुरानो भवनमा पहिलादेखि नै विशिष्ट व्यक्ति र अति विशिष्ट व्यक्तिका लागि दुई शैय्या छुट्याइएको थियो । वीर अस्पतालमा सञ्चालनमा आएको विशिष्ट र अतिविशिष्ट कक्षको मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरे । सो अवसरमा मन्त्री बस्नेतले सबै प्रकारका स्वास्थ्य उपचार देशभित्रै गर्नका लागि वीर अस्पतालमा शैय्या थप गरिएको बताए ।
उनले भने, “वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टोली बनाएका छौँ । त्यही टोलीले उपचार गर्छ । उपचारका लागि कोही पनि विदेश जानु पर्दैन ।” अस्पतालको सेवा प्रवाह थप राम्रो बनाउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीरका पदाधिकारीलाई मन्त्री बस्नेतले निर्देशन दिए ।
न्याम्सका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको विशिष्ट र अतिविशिष्ट उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा. धु्रव गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान कोइराला, डा पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सुन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा. मनबहादुर केसी र डा. रमेश चोखानी हुन् ।
उपकुलपति डा. बस्नेतले यसअघि पनि भीआईपी र भीभीआइपी उपचारका लागि बहिरङ्ग सेवा लिन आए पनि केही समययता भर्ना नभएको बताए । उनले अस्पताल सुविधा सम्पन्न बनाएसँगै उपचारका लागि विशिष्ट र अतिविशिष्ट व्यक्ति आउने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार