भन्सार अधिकृत नै भन्सार एजेन्ट ! समानान्तर भन्सार एजेन्ट परिषद गठन
नेपालबहस संवाददाता
साउन १३, २०८० शनिबार १८:१२:३७
१३ साउन, विराटनगर । विराटनगर भन्सार कार्यालयमा भन्सार अधिकृत भएर कार्यरत रहेकै समयमा सरकारी सेवाबाट सेवा निवृत्त बनेका कर्मचारीको अगुवाईमा नै राष्ट्रिय भन्सार एजेन्ट परिषद गठन भएको छ ।
एक महिना अगाडि मात्रै विराटनगर भन्सारमा रहेको भन्सार एजेन्ट महासंघको अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति निर्वाचित भएपछि उक्त भन्सार एजेन्ट महासंघ नेपाललाई चुनौती दिने गरी भन्सार एजेन्ट परिषदको नामबाट अर्को समानान्तर समिति गठन गरिएको हो ।
भन्सार एजेन्ट महासंघले भन्सार प्रतिनिधिको व्यवस्था खारेजी गरी नयाँ भन्सार एजेन्ट व्यवस्था नियमावलीको स्वागत गरेपछि भन्सार एजेन्ट परिषदले केही भन्सार एजेन्ट र तिनै भन्सार प्रतिनिधिहरूलाई समेटेर राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालको नाममा विराटनगर ईकाई समितिको गठन गरेको हो ।
उक्त समिति निर्माण गर्नका लागि विराटनगर भन्सारको भन्सार अधिकृतबाट एक वर्ष अगाडि मात्रै सेवा निवृत्त भएका गोपी कृष्ण उप्रेतीले महत्वपूर्ण भुमिका खेलेको भनाई विराटनगर भन्सारका एक भन्सार एजेन्टको छ । सरकारी सेवाबाट सेवा निवृत्त भएपछि तत्कालीन विराटनगर भन्सारका भन्सार अधिकृत गोपी कृष्ण उप्रेतीले भन्सार एजेन्ट परीक्षा पास गरि विराटनगर भन्सारलाई नै कार्यक्षेत्र बनाएर भन्सार एजेन्ट नियुक्ति भएपछि उनले आफ्नो राजनीति यात्रा सुरु गरेका हुन ।
पछिल्लो समय विराटनगर भन्सारको भन्सार एजेन्ट भएका उप्रेतीले भन्सार विभागबाट आफूले पाएको भन्सार जाँचपासको युजर आईडी भन्सार प्रतिनिधि राकेश ठाकुरलाई निश्चित रकम मासिक लिएर बिक्री गरेको समाचार स्रोतको भनाई छ । उप्रेतीको नाममा भन्सार विभागबाट प्राप्त युजर आईडीबाट यसअघि भन्सार प्रतिनिधि रहेका राकेश ठाकुरले भन्सार जाँचपास गर्दै आएको दावी समेत समाचार स्रोतले गरेको छ ।
हालसालै गठन भएको राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालको केन्द्रीय अध्यक्षमा भोलानाथ अर्याल तथा महासचिव समीर राज विष्टको उपस्थितिमा परिषदको विराटनगर ईकाई समितिको घोषणा गरिएको हो । परिषदले विराटनगरमा विराटनगर भन्सार ईकाई समितिको नाममा प्रथम अधिवेशन गरेर १५ सदस्यीय विराटनगर ईकाई समिति र १३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
भन्सार एजेन्ट सुरेश अग्रवाललाई विराटनगर ईकाई समितिको अध्यक्ष, भन्सार एजेन्ट कृष्ण बहादुर थापालाई वरिष्ठ उपाध्यक्ष, भन्सार प्रतिनिधि नवलप्रसाद उपाध्यायलाई उपाध्यक्ष, दयानन्द मण्डललाई सचिव, सुदर्शन दाहाललाई सहसचिव र विनोद पोद्धारलाई कोषाध्यक्षमा राखिएको छ ।
त्यसै गरी हरिप्रसाद ठाकुर, किशोर बहादुर शाही, अरुण खेतान, सुरेश बोहरा, संजय दुगड, राकेश ठाकुर, अरविन्द ठाकुर, विरेन्द्र धाडेवा र उदय भट्टराईलाई ईकाई समितिको सदस्य र भरतराज भट्टराई, स्वयं भन्सार अधिकृतबाट सेवा निवृत्त बनेका गोपीकृष्ण उप्रेती, गिरीश कोइराला, ललित बोहरा, गोपाल ढकाल, रतन लालवानी, राम भरोसे प्रसाद गुप्ता, अरुण बियानी, प्रहलाद बस्नेत, शरण (सन्तोष) खरेल, राजु खरेल र राजेश साह ईकाई समितिमा सल्लाहकार रहने घोषणा गरिएको छ ।
तर नेपाल सरकारले भन्सार कार्यालयमा भन्सार प्रतिनिधि नराख्ने निर्णय गरेको जान्दा जान्दै सरकारी सेवाबाट सेवा निवृत्त गोपी कृष्ण उप्रेतीले तिनै भन्सार प्रतिनिधिलाई समेटेर नयाँ भन्सार एजेन्ट परिषद गठन गराएकोमा विराटनगर भन्सारले आश्चर्य जनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार