फर्स्ट माइक्रोफाइनान्सको नाफा किन भयो प्रभावित ?
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार ११:३९:३९
१५ साउन, काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा खुद नाफा २३.३९ प्रतिशतले घटेर १९ करोड ६९ लाख ३० हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ७० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी सामान्य अर्थात १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
एक वर्षको अवधिमा यस कम्पनीको सञ्चालन नाफा, खुद फि तथा कमिसन आम्दानी घटेको छ भने खराब कर्जा बढेको छ । यसले गर्दा खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा २३.३९ प्रतिशतले घटेर २८ करोड ४७ लाख ३४ हजार रुपैयाँमा आएको छ ।
खराब कर्जा ०.६६प्रतिशत पुगेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४९ पैसाले घटेर १७ रुपैयाँ १६ पैसामा आएको छ । नाफा घट्दा प्रतिशेयर आम्दानी पनि प्रभावित भएको हो । प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८७ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न !
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार