नेपाल किसान महासंघ कोशी प्रदेश समितिले प्रधानमन्त्री तथा पशुपंक्षि विकास मन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र
यज्ञप्रसाद भट्टराई
साउन १५, २०८० सोमबार १२:४१:११
१५ साउन, काठमाडौं । नेपाल किसान महासंघ देशैभरी किसानका हकहित र अधिकार रक्षाको लडाईमा सदैब लडिरहेको संस्था हो । नेपाली कांग्रेसको भातृसंस्थाको रुपमा २००८ सालमा स्थापना भएको नेपाल किसान महासंघले स्थापनाकालदेखि निरन्तर रुपमा किसानका हर समस्यामा काम गरिरहेको छ । देशका राजनैतिक परिवर्तनको लडाईमा नेपाली कांग्रेससँग सँगसँगै काँधमा काँध राखेर सहभागी नेपाल किसान महासंघले किसानका आवश्यकताका रुपमा रहेका मल, बिउ, उत्पादनका सामानको समर्थन मुल्य तोक्ने, लगायतका क्षेत्रमा काम गरिरहेको छ ।
बिगत लामो समयदेखि नेपालमा किसानले पालेका पशुहरुमा लम्पी स्किन रोगको चपेटाको मारमा परिरहेका छन् । सानो पुँजी, थोरै संख्यामा पशुपालन गरेर जिवन गुजारा चलाउने किसानहरुदेखि ब्यवसायिक रुपमा पशुपालन फर्म दर्ता गरी पशुपालन गरिरहेका किसानहरु यस रोगबाट आक्रान्त छन् ।
यस महामारीबाट किसानहरुलाई जोगाउन, पशुपालन ब्यवसायलाई पुनः उत्पादनसँग जोडन, पशुपालन क्षेत्रमा देखिएको समस्यालाई शम्बोधन गर्न सरकारले थप कदमहरु चाल्न आवश्यक देखिन्छ । यसका लागि नेपाल किसान महासंघले कोशी प्रदेश स्तरीय पत्रकार सम्मेलन गरी किसानका ६ बुँदे मागहरु जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र कृषि तथा पशुपंक्षि बिकास मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य सम्पन्न भएको छ ।
नेपाल किसान महासंघ कोशी प्रदेश समितिले झापा जिल्लाको ईलाका प्रशासन कार्यालय दमक मार्फत प्रधानमन्त्री र कृषि तथा पशुपंक्षि बिकास मन्त्रीलाई संयुक्त रुपमा ज्ञापनपत्र पठाएको छ । नेपालमा बिगत लामो समयदेखि पशुमा महामारिमा रुपमा देखिएको लम्पी स्किम रोगले हजारौ पशुहरु धमाधम मरिरहेको अवस्थामा किसानहरुलाई थप मार माथि मार परिरहेको अवस्था छ ।
यस्तो बिषम अवस्थामा नेपाल सरकारले किसानहरुलाई राहत तथा सहुलियत प्रदान गर्न सके किसानहरुलाई पुनः पशुपालन ब्यवसायमा फर्काउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै नेपाल सरकारका प्रधानमन्त्री तथा पशुपंक्षि बिकास मन्त्रीलाई बिभिन्न ६ बुँदे मागहरु सहित ज्ञापनपत्र बुझाईएको छ ।
नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराई, नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य सञ्जय भट्टराई, नेपाल किसान महासंघ कोशी प्रदेश सभापति राजेन्द्र भट्टराई, नेपाल किसान महासंघ कोशी प्रदेश समिति उपाध्यक्ष नवीन कुमार चौधरी, नेपाल किसान महासंघ कोशी प्रदेश समिति सचिव यज्ञप्रसाद भट्टराई, नेपाल किसान महासंघ कोशी प्रदेश सदस्यहरु गोपाल दाहाल, भावना अर्याल, बासुदेब गुरागाँई, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि कबिता उप्रेती, नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखा सभापति भानु पराजुली, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश समिति कोषाध्यक्ष बिमल लामिछाने, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य बिष्णु शुब्बा, बशन्त हुमागाँई, केशव बस्नेत, जय बहादुर तामांग, लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
हाम्रा मागहरु
१. लम्पी स्किन रोगको महामारी नियन्त्रण गरी पिडित किसानहरुलाई राहत घोषणा गर ।
२. कोशी प्रदेशमा भारतसँगको खुल्ला सिमानाका भएका कारण पनि पशुहरुमा लागेको लम्पी स्किन रोगको महामारी थप फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै यसको नियन्त्रणका लागि प्रयाप्त भ्याक्सीनको ब्यवस्था गरियोस ।
३. पशुबस्तुको क्षति भएका किसानलाई राहत र पुर्नस्थापना गरियोस ।
४. पशुबस्तुमा क्षति पुगेका किसानको बिमा रकम अबिलम्ब भुक्तानी गरियोस ।
५. पशुपालनमा क्षति भएका किसानहरुको कर्जा मिनाहा गर ।
६. पशुपालन ब्यवसायका लागि सहुलियत दरको कर्जाको ब्यवस्था गरियोस ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
बैशाख १५, २०८१ शनिबार
कुम्भ मेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बैशाख १५, २०८१ शनिबार
मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?
बैशाख १५, २०८१ शनिबार