विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १५:५४:१८
१५ साउन, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । कैलालीका विभिन्न तीन ठाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमध्ये धनगढी उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय योगेश कुँवर र सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय कुनाल खड्कालाई करिब ३ सय ५० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट, जोशिपुर गाउँपालिका-६ सिमरी बस्ने १९ वर्षीय अर्जुन बडायकलाई करिब ३ सय मिलिग्रामसहित सोही ठाउँबाट र टिकापुर नगरपालिका-७ बस्ने २० वर्षीय राम सुरेश चौधरीलाई करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित भजनी नगरपालिका-५ कव्वाखेडा घाटबाट प्रहरीले पक्राउ गरेको हो ।
झापाको दमक नगरपालिका-५ नारायण गोपाल टोल डेरा गरी बस्ने गौरादह नगरपालिका-५ घर भएका २७ वर्षीय सरोज सुब्बा समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित आइतबार दिउँसो इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी मेचीनगर नगरपालिका-६ स्थित मेची पुल छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित बिर्तामोड नगरपालिका-४ बस्ने २० वर्षीय महममताज अलीलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको बागमती नगरपालिका-११ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित रौतहट गरुडा नगरपालिका-८ बस्ने ४० वर्षीय रामानन्द साह समेत दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले प्रदेश ३-०१-०२२ च ६५१५ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ चम्मन चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ सय मिलिग्रामसहित सोही नगरपालिका-७ सिगलपट्टी बस्ने २४ वर्षीय विकास बिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरीया, इलाका प्रहरी कार्यालय रैकवार र अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरीयाबाट खटिएको संयुक्त टोलीले से.५ प ७९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बिकलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका-४ तुल्सिडिहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित वाणगंगा नगरपालिका-१ बैरिया बस्ने ३१ वर्षीय बिबेक थारु समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तुल्सीपुर बलुहवाबाट खटिएको प्रहरीले लु.७७ प १६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार