चालु आवको पहिलो त्रैमासमा ५५ अर्ब आन्तरिक ऋण उठाइने
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १४:१५:१९
१६ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ५५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । उसले चालु् आवमा चार वटा त्रैमासमा गरी कूल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो त्रैमासअन्तर्गत साउन, भदौ र असोजमा गरी ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ ।
दोस्रो त्रैमासअन्तर्गत कात्तिक, मंसिर र पुसमा ५५ अर्ब रुपैयाँ, तेस्रो त्रैमास अर्थात माघ, फागुन र चैतमा ५३ अर्ब रुपैयाँ र अन्तिम त्रैमास अर्थात बैशाख, जेठ र असारमा ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने राष्ट्र बैंकले जनाएको छ ।
यसमा ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ उठाइनेछ भने विकास ऋणपत्रमार्फत १ खर्ब ७९ अर्ब रुपैयाँ उठाइनेछ । जसका लागि २८, ९१, १८२ र ३६४ दिने ट्रेजरी बिल जारी गरिनेछ भने ५ वर्षे, ६ वर्षे र ८ वर्षे गरी तीन किसिममा विकास ऋणपत्र जारी गर्ने बैंकले जनाएको छ ।
साथै ५ वर्षे अवधिको नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ ऋण उठाउने योजना बनाएको जनाइएको छ ।
सरकारले ल्याएको चालु आवको बजेट कार्यान्वयनका लागि आन्तरिक ऋणलाई महत्वपूर्ण आधार बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार