राजनीतिक स्वार्थमा दलहरु संसदप्रति गैरजिम्मेवार
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १६:३०:२२
१६ साउन, काठमाडौं । दलहरूबीच सहमति नजुट्दा आज पनि बस्न नसकेर प्रतिनिधिसभा बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि धेरै जसो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरू अवरुद्ध हुने र स्थगित हुने क्रम बढेको छ ।
जनताको सार्वभौम थलोका रुपमा लिइएको संसद पछिल्ला दिनमा प्रतिपक्षी दल नेकपा एमालेले चाहेका बस्ने र नचाहेमा नबस्ने अवस्था विकसित हुँदै गइरहेको छ । सामान्य विषयमा असहमति राख्न पनि संसद बैठक अवरुद्ध गर्नुपर्छ भन्ने मानसिकता मुख्य प्रतिपक्षी दल एमालेका मान्यता देखिन्छ । तर, संसद बैठकलाई नै अवरोध नगरी नहुने बाध्यात्मक कारण भने केही पनि छैनन् ।
संसद बैठकले गर्नुपर्ने काम हुन नसक्दा विभिन्न महत्वपूर्ण कानुनहरू बन्न सकेका छैनन् । संसदले अहिलेसम्म एक मात्र विधेयक पारित गरेको छ । पशुपतिमा जलहरी राख्दा सुन हराएको विषयमा एमालेमाथि प्रश्न उठेपछि पनि एमालेले संसद बैठक अवरुद्ध गरेको थियो । प्रधानमन्त्रीको एउटा भनाईलाई लिएर पनि एमालेले संसद बैठक अवरुद्ध गर्यो । अहिले सय किलो सुन बरामद भएको विषयमा यसको छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउनैपर्ने माग राखेर एमालेले संसद बैठक अवरुद्ध गरिरहेको छ ।
सुन तस्करी प्रकरणमा उच्च स्तरको छानविन समिति बनाउने कुरामा पनि दलहरूबीच सहमति जुट्दैन । एमालेलाई समिति नभइ नहुने अवस्था छ भने सत्ता पक्षका दलहरू सुन तस्करी प्रकरणको अनुसन्धान अगाडि बढिरहेको अवस्थामा अर्को समिति बनाउँदा अनुसन्धान प्रभावित हुने भन्दै समिति बनाउन आनाकानी गरिरहेका छन् ।
अहिले नेपाल प्रहरीको सहयोगमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । पहिलो तहको अनुसन्धानबाट विभाग अब दोस्रो तहको अनुसन्धानमा जुटिरहेको छ । दोस्रो तहमा राजनीतिक संरक्षणमा आपराधिक र तस्करी गर्ने गिरोह र विवादस्पद व्यवसायीतर्फ अनुसन्धान मोड्ने विभागको तयारी छ ।
अवरुद्ध संसद खोल्ने विषयमा आइतबार देखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री र ओलीबीच पनि छलफल भएका हुन् । तर, निचोड कुनै निस्किएन । प्रमुख तीन नेता के विषयमा छलफल गर्न जमघट गर्छन र उनीहरूको गहन छलफलले के दियो भन्ने कुरा केही आएको छैन ।
यस अघि भ्रष्टाचारका प्रकरणमा एमालेका नेताहरूलाई नचलाउने सर्तमा संसद बैठकको अवरोध खोल्न ओली तयार भएको कुरा बाहिर आएको थियो । पशुपतिको जलहरी काण्डमा पनि यो विषय सरकारले अगाडि नबढाउने सर्तमा नै ओलीले सहमति जनाएका थिए संसद खोल्न ।
अहिले पनि सर्सत सहमति नभएकाले नै संसद बैठक बस्न नसकेको एक थरीको भनाइ छ । एमालेका कारण लगातार संसद अवरोध भई स्थगित हुँदै आएपनि संसदमा रहेका अन्य विपक्षी दलहरू यसको विरुद्धमा आउन सकेका छैनन् । आज पनि सहज ढंगले बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
मंगलबार दिउँसो १ बजेका लागि तोकिएको बैठक पूर्व कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई आकस्मिक समयमा बोल्न दिने र छानबिन समिति गठनका लागि प्रस्ताव राख्न दिने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । तर बैठक सकिनेबित्तिकै सत्ता पक्षीय प्रमुख सचेतकले सहमति नजुटी बैठक राख्न नहुने भन्दै सूचना टाँस गरेर स्थगित गर्न माग गरेपछि प्रमुख सचेतक र सभामुखबीच छलफल भएको थियो । सभामुखसँगको छलफलमा सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्विन्टल बढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ । सो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो भने साउन १५ गतेका लागि तय भएको बैठक पनि एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति आउनुअघि संसद परिसरमा गरियो कसरी सवारी गराउने भन्ने अभ्यास
जेठ १, २०८१ मंगलबार
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक, नीति तथा कार्यक्रम पारित गर्ने
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार