राजश्व अनुसन्धान विभागले आज प्रधानमन्त्रीलाई प्रगति विवरण बुझाएपछि भोलिबाट सीआईबीले काम थाल्ने
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १५:३१:५९
२१ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणको हालसम्म भएको अनुसन्धानको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइन लागिएको छ । सुन बरामद भएपछि अहिलेसम्म अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले आइतबार प्रधानमन्त्री प्रचण्डलाई अहिलेसम्मको अनुसन्धान प्रतिवेदन बुझाउने भएको हो ।
विभागका अनुसार सरकारी वकिलको कार्यालयमा संगठित अपराधको अनुसन्धानका लागि विभागले रायका लागि पठाउने र यसपछि प्रधानमन्त्री प्रचण्डलाई अहिलेसम्म भएको प्रगति विवरण बुझाइने बताइएको छ । प्रधानमन्त्रीको सचिवालयमा रहेका कर्मचारीलाई विभागको महानिर्देशक बनाएर अनुसन्धानमा लगाइएको भन्दै विरोध भएपछि प्रधानमन्त्री प्रचण्डले यसको अनुसन्धान सीआईबीलाई दिन निर्देशन दिएका थिए ।
अहिलेसम्म भएको अनुसन्धानको विवरण पाएपछि प्रधानमन्त्री प्रचण्डले त्यसलाई पनि अध्ययन गरी थप अनुसन्धान अगाडि बढाउन सीआईबीलाई निर्देशन दिने बताइएको छ । सीआईबीले सुन प्रकरणको अनुसन्धान कुन चरणमा पुगेको छ भन्ने आधिकारिक तथ्य नपाएकाले अनुसन्धान सुरु गरेको छैन । प्रधानमन्त्रीले सीआईबीलाई प्रतिवेदनसहित थप अनुसन्धान अगाडि बढाउन भनेपछि मात्र काम सुरु गर्ने बताइएको छ ।
साउन ३ गते हङकङबाट ब्रेक शु भित्र आएको सुन विमानस्थलको भन्सार जाँच पास भए बाहिरिएपछि राजस्वको टोलीले बरामद गरेर अनुसन्धान गरिरहेको छ । ब्रेक शु सहित समातिएको १ सय किलोको सुन अहिले राष्ट्र बैंकको टक्सार शाखामा राखिएको छ । अहिलेसम्म सुनको नापतौल भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
विभिन्न क्षेत्रमा लाग्दै आएको करका दरबारे के भन्छ बजेट ?
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १६, २०८१ बुधबार
मार्सीधान रोप्दै किसान
जेठ १६, २०८१ बुधबार
वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो
जेठ १६, २०८१ बुधबार
जेठ १८ गतेसम्म तराइका जिल्लामा तातो हावा चल्ने
जेठ १६, २०८१ बुधबार
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
जेठ १६, २०८१ बुधबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार