प्रचण्डको दबाबमा ल्हारक्यालकाे नियुक्तिपछि माओवादी केन्द्रभित्र तीव्र असन्तुष्ट
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १५:६:४५
२२ साउन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको दबाबमा लुम्बिनी विकास कोषका उपाध्यक्षमा विभिन्न अपराध कसुरमा मुछिएका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री ल्हारक्याल लामालाई नियुक्ति गरेपछि पार्टीभित्र असन्तुष्टी बढेको छ ।
पार्टीको आइतबार सम्पन्न चौथो केन्द्रीय समिति (सीसी)को बैठकले पार्टीमा तलदेखि माथिसम्मका नेताहरुको कार्यशैली परिवर्तन र व्यवहारमा रुपान्तरण गर्ने निर्णय गरिएको भोलिपल्टदेखि नै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको आलोचना सुरु भएको छ ।
गएको मंगलबार प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले लामालाई पाँच वर्षे कार्यकालका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । लामा दोहोरो नागरिकता, भारतीय रासनकार्ड र राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्ति आर्जन, बैंकको लकरमा गोली लुकाएको अभियोगमा पक्राउ परेर कारवाही भागेका पात्र हुन् । एमालेबाट राजनीतिमा आएका लामा झलनाथ खनालको प्रधानमन्त्रीकालमा माओवादी कोटाबाट प्रचण्डकै जोडबलमा अर्थराज्य मन्त्री बनेका थिए । त्यतिबेलै पार्टी नेतृत्वलाई ६ करोड बुझाएर एमाले छाडेर पार्टीमा प्रवेश भएको चर्चा चलेको थियो ।
उपाध्यक्षमा लामाको नियुक्तिलाई लिएर पार्टीका केन्द्रीय नेताहरुले नै सामाजिक संजालमा असन्तुष्टी व्यक्त गर्न सुरु गरेका छन् । केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी रुपान्तरणको निर्णय भएको भोलिपल्ट भएको लुम्बिनी कोषमा उपाध्यक्ष नियुक्तिले सुरुवात गरेको भन्दै ब्यांग्य गरेका छन् । चार दिनसम्म चलेर आइतबार मात्र सकिएको सीसी बैठकले आगाी भदौ १६ बाट मंसिर १५ सम्म ३ महिना ‘जनतासँग विशेष माओवादी रूपान्तरण अभियान’ चलाउने निर्णय गरेको थियो ।
‘रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो, तर बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ’ न्यौपानले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । सीसी बैठकमा उनले प्रचण्डको कार्यशैलीको चर्को आलोचना गर्नुका साथै नेतृत्वमा पुस्तारणको आवाज उठाएका थिए ।
बैठकमा अधिकांश नेताहरुले शान्ति प्रक्रियामा आएपछि विलासी र शानका जीवन बिताइरहेका नेता कार्यकर्ताहरुको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति पार्टीकरण गर्नुपर्ने, नेतृत्व र पदाधिकारीकाे गलत शैलीफे जनतासँगकाे सम्बन्ध कमजाेर बनेकाे र पार्टी निरन्तर ओरालाे लागेकाे धारणा राखेका थिए ।
उनीहरुको जवाफमा प्रचण्डले आइतबार बैठक समापनका क्रममा पार्टी रुपान्तरण अभियानमार्फत सबै विषय हल गर्ने जवाफ नदिएका पनि हाेइनन् । तर पार्टीका केन्द्रीय सदस्य समेत रहेका विवादित पृष्ठभूमिका लामालाईप्रचण्डकै दबाबमा पार्टीबाट पर्यटन मन्त्री बनेका सुदन किरातीले काेषका उपाध्यक्ष नियुक्तमा मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगे । छाेइङ डाेल्मालाई नियुक्त गर्ने किरातीकाे याेजना पुरा हुन पाएन । नियुक्तिपछि सार्वरुपमा मन्त्री किरातीले ‘परेको व्यहोरौँला भनेर ल्हारक्याललाई उपाध्य नियुक्ति प्रस्ताव गरेँ’ भन्दै प्रतिक्रिया दिइरहेका छन् ।
विभिन्न अपराधमा मुछिएका लामालाई नियुक्ति गरेपछि अध्यक्ष प्रचण्डले दिँदै आएको सुशासन र भ्रष्टाचारमुक्त समाजको तर्क व्यर्थ भएको टिप्पणी पार्टीभित्र र बाहिर सुनिन थालेको छ ।
असन्तुष्ट पाेख्ने न्यौपाने प्रचण्ड नेतृत्वको तत्कालीन (२०६९) नेकपा (माओवादी)बाट विभाजित भइ मोहन वैद्यको नेतृत्वमा गठित नेकपा–माओवादीमा पुगेका थिए । पछि २०७३ मा बादलसहितको टिम पुनः प्रचण्डसँगै फिर्ता हने क्रममा न्यौपाने पनि नवगठित प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किएका थिए । उनी सशस्त्र द्वन्द्वकालमा माओवादी निक विद्यार्थी संगठनको नेतृत्व गर्दै राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार