पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार ११:४९:३४
२३ साउन, भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाउँको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।
दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए । सडक एकतर्फी सञ्चालनमा आएसगै रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । यो सडकखण्ड राजधानी काठमाडौँ र पोखरा शहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार