अपहरणको पाँच वर्ष भयो ११२ बालिका अझै घर फर्किएनन्
इन्द्र रिजाल
बैशाख १, २०७६ सोमबार ०:५०:५९
एजेन्सी । नाइजेरियाको चिबोक भन्ने ठाउँबाट पाँच वर्ष अघि अपहरणमा परेका ११२ जना बालिका अझै आफ्नो घर फर्किएका छैनन् ।
उनीहरुलाई नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको र त्यस देशद्धारा आतङककारी घोषित बोको हराम नामक समूहले विद्यालयबाटै अपहरण गरेको थियो ।
उनीहरुका बाबुआमा तथा आफन्तहरु ती बालिका घर फर्किने आशमा अहिले पनि सुरक्षा निकाय र सरकारी अधिकारीहरुकहाँ धाइरहेका छन् तर उनीहरु घर फर्किने सूचना भने अहिलेसम्म पनि पाएका छैनन् । उत्तरपूर्वी नाइजेरियामा हिंसात्मक हमलाहरु गरिरहेका बोको हरामहरुले सो क्षेत्रबाट विद्यालयका बालबालिकालाई अपहरण गरेर लाने र उनीहरुलाई जबर्जस्ती बन्दुक बोकाई हिंसात्मक काममा लगाउने गरेका छन् ।
चिबोकको बालिकाहरुमात्र पढ्ने विद्यालयबाट सन् २०१४ अप्रिल १४ मा उनीहरुलाई बोको हरामले अपहरण गरेका थिए । अपहरणमा परेका ती बालिकाको अवस्था अभैm पनि अज्ञात नै रहेकोले उनीहरुका परिवारमा निकै तनाव उत्पन्न भएको छ ।
त्यस दिन सो विद्यालयबाट उनीहरुले २७६ जना बालिकालाई अपहरण गरेका थिए । उनीहरु १२ देखि १७ वर्ष उमेरका थिए । ठूलो संख्यामा आएका सशस्त्र हमलाकारीहरुले विद्यालयलाई घेरा हाली उनीहरुलाई अपहरण गरी लगेका थिए । त्यस दिन अपहरणमा परेपछि पनि ५७ जना बालिका भने ट्रकबाट हामफालेर भाग्न सफल भएका थिए ।
ती बालिकालाई घर फिर्ता गर्ने विषय नाइजेरियाको गत वर्षको आम निर्वाचनको पनि ठूलो मुद्धा बनेको थियो । नाइजेरियाका वर्तमान राष्ट्रपति मोहम्मदु बुहारीले राष्ट्रपतीय निर्वाचनमा यस विषयलाई मुख्य एजेण्डा नै बनाएका थिए ।
उनले आपूmले निर्वाचन जितेमा अपहरित ती बालबालिकालाई अपहरणमुक्त गरी घर फर्काउने बाचा नै गरेका थिए । तर गतवर्ष बोको हरामहरुसँग भएको वार्ताको क्रममा सरकारले केही बालिका फिर्ता गराएको थियो । ती बालिकाहरु पनि बोको हरामका बन्दीहरुसँग बन्दी साटासाटजस्तो गरी अपहरणमुक्त गरिएको थियो ।
यसरी अहिलेसम्म २७६ बालिकामध्ये १०२ मात्र मुक्त भएका छन् भने अझै पनि ११२ जना भने बोको हरामकै अपहरणमा रहेका छन् ।ती बालिकालाई अपहरणमुक्त गर्न आफूले सक्दो प्रयास गरेको सरकारले जनाएको छ । तर उनीहरुक आफन्तले भने सरकारले चाहेमा उनीहरु मुक्त हुनसक्ने बताउँछन् ।
आफ्ना छोरीहरु जिवीतै छन् कि मारिए भन्ने बारेमा पनि उनीहरुका बुबाआमालाई थाहा छैन । तर पनि आफ्ना सन्तान घर फर्किने आशमा उनीहरु रहेका छन् ।
यस विषयमा बोको हरामले पनि केही बताएको छैन । तर सुरक्षा निकायहरुले भने ती बालिकालाई बोको हराम समूहले आफ्नो सैन्य समूहमा लगाएको अनुमान गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार