एमालेलाई सरकारमा जाने चिन्ता छैन, तर सुशासन हुनुपर्यो : ओली
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १४:३१:२३
२८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकार जाने कुनै किमिसका चिन्ता नभएको बताएका छन् ।
आइतबार पार्टी मुख्यालय ललितपुरको च्यासलमा सुन प्रकरण र संसद गतिरोधका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको आरोप लगाए ।
‘कुशासन भएकै कारण सियो समेत छिर्न नसक्ने एयरपोर्टबाट तस्कर एकैपटक क्वीन्टलभन्दा बढी परिणाममा अवैध रुपमा सुन छिराउन सफल भएका छन्’ उनले भने, ‘अहिले एमालेलाई सरकारमा छिटो जानुपर्छ भन्ने चिन्ता होइन, सुशासन कायम हुनुपर्यो भन्ने मुख्य कुरा हो ।’
उनले सुन तस्करी प्रकरणमा सरकारका बस्ने उच्च तहका मान्छेहरुको इसाराबेकर ठूलो परिमाणमा सुन भन्सरबाटै तस्करी हुन नसक्ने दाबी गरे । एमालेले सुन तस्करीमा सीआईबीले मात्र छानबिन गरेर नपुग्ने र जरासम्मका पुग्न विज्ञको नेतृत्वमा उच्चस्तरीय न्यायिक समिति गठनको माग गरेको बताए । संसद गतिरोध हटाउन सरकारले बेवास्ता गरेको आरोप समेत लगाए ।
समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध पार्दै आइरहेको छ । पत्रकार सम्ेमलनमा अध्यक्ष ओलीले संसद अवरुद्धको दोष एमालेले नलिने र सरकार जिम्मेवारी हुने बताए । ‘एमालेलाई अहिले चिन्ता सरकारमा नहुनुको होइन, देशको हो, सुशासनको हो’ उनले भने, ‘यो कुरा पत्रकार मित्रहरुले राम्रोसँग बुझिदिनुपर्यो ।’ संसद अवरुद्ध एमालेले गरिरहेको अर्थमा समाचार आइरहेको उनको भनाइ थियो । सरकार समिति गठन गर्न तर्सिनुको कारण आफूले बुझ्न नकसको उनले बताए ।
उनले अवैध रुपमा दिनकै सय किलो सुन भित्रिरिहेको जिकिर गर्दै सरकारमा यसमा नदेखेझैं गरेर बसेको आरोप लगाए ।
सो क्रममा उनले नक्कली शैक्षक प्रमाणपत्र कसुरमा सीआईबीको अुनसन्धानमा तानिएका कांग्रेस सांसद सुनिल शर्माको बचाउ गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ २१, २०८१ सोमबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार