सुन प्रकरणलाई लिएर कांग्रेसकाे संसदीय दलमा दुई थरि मत
प्रमुख सचेतक भन्छन्- सरकार परिवर्तनबारे कुरै उठेन
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १७:५६:२८
२८, साउन, काठमाडौं । क्वीन्टल सुन प्रकरणलाई लिएर सरकारका मुख्य घटक नेपाली कांग्रेसमा दुई थरि मत देखिन थालेको छ । आइतबार बसेको पार्टीको संसदीय दलको बैठकमा सहभागी सांसदहरुबीच प्रकरणमा मतैक्यता नदेखिएको हो ।
बैठकमा पार्टीका वरिष्ठ नेता समेत रहेका सांसद डा. शेखर कोइराला लागयतले सुन प्रकरणमाथि छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् भने सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका सांसदहरु मौन देखिएका छन् । सांसद प्रदीप पौडेलले प्रकरण गम्भीर रहेको र यसमा उच्चस्तरीय समिति गठन नगरिए सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका थिए । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अुनसन्धान तानिएका सांसद सुनिल शर्माले गहृमन्त्रीको राजीनामाबाहेक तल ओर्लन नसक्ने कडा धारणा राखेका थिए ।
केही सांसदहरुले प्रकरणबारे गृहमन्त्री र अर्थमन्त्रीलाई स्पष्टीकरणका लागि राज्य व्यवस्था समितिमा बोलाउनुपर्ने मत राखेका छन् ।
तर संस्थापन पक्षका नेता मानिने सांसद एवं संसदीय दलको प्रमुख सचेतक रमेश लेखक लगायत सांसदहरुले समिति गठनको विपक्षमा उभिएका छन् । बैठकपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै बैठकमा सरकारलाई परिवर्तन गर्नेबारे कुनै कोणबाट छलफल नभएको बताए । ‘सुन तस्करी सम्बन्धमा कुरा उठेको हो, तर सरकार नै परिवर्तन गर्ने भन्नेमा छलफल भएको छैन’ उनले भने, ‘सरकार ढाल्ने भन्ने विषय आउँदैन ।’
आजको बैठकमा चार दर्जनभन्दा सांसदहरुले धारणा राखेको र बाँकीले भोलिको बैठकमा राख्ने उनले बताए ।
शनिबार मात्र एक सार्वजनिक कार्यक्रममा बोल्दै डा. कोइरालाले सरकार धेरै दिन नटिक्ने अभिव्यक्ति दिएका थिए । उच्च स्तरीय छानबिन समिति गठनकाे माग उठान प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले गरेकाे हाे । उसले माग यथावत राख्दै संसदकाे दुवै सदन चल्न दिएकाे छैन । कांग्रेससँग हाल ८८ सांसद छन् । एक जना निलम्बित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार