निर्माण व्यवसायीहरूले गरे सडक विभागमा विरोधसभा
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार ११:१८:२२
३० साउन, ललितपुर । निर्माण पूरा भएको आयोजनाहरुको भुक्तानी माग गर्दै महिना दिनदेखि सडक संघर्ष रहेका निर्माण व्यवसायीहरुले आज चाकुपाटस्थित सडक विभागको गेटमा धर्ना दिएका छन् ।
निर्माण काम पूरा भएका आयोजनाहरुको भुक्तानी तत्काल गर्न, परिस्थितिजन्य कारण कच्चा पदार्थको अभावमा निर्माण कार्य पूरा हुन नसकेका आयोजनाहरुको म्याद थप हुनुपर्ने लगायत माग गरेका छन् । धर्नासँगै उनीहरुले विरोधसभा गरिरहेका छन् । कालो ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका छन् ।
तत्काल भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुका अनुसार विभिन्न मन्त्रालय मातहतका कार्यालयसँग करि ४ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छन् ।
विभाग परिसरमा प्रवेश गर्न खोजेका उनीहरुलाई प्रहरीले गेटमै रोकेका छन् । बाक्लो संख्यामा सरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार