सहारा नेपाल साकोस उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कारद्वारा पुरस्कृत
यज्ञप्रसाद भट्टराई
साउन ३०, २०८० मंगलबार १४:३४:१९
३० साउन, काठमाडौं । झापाको बिर्तामोड नगर पालिका वार्ड नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भर्खर १ लाख राशिको ‘उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कार प्राप्त गरेको छ । उक्त संस्था लघुउद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको संस्थाका कार्यकारी प्रमुख (सिईओ) महेन्द्र कुमार गिरीले नेपालबहस डटकमलाई जानकारी दिएका छन् ।
जनताको साथमा रहेर काम गर्दाको लामो अनुभावलाई स्मरण गर्दै सिईओ गिरीले विपन्न समुदायलाई सम्बोधन गरेर काम गरिरहँदा प्राप्त हुने यस्ता पुरस्कारहरूले थप उर्जा र हौसला प्राप्त हुने गरेको बताएका हुन । झापामा लघुवित्तको अवधारणा भित्र्याउने अगुवाहरु मध्ये एक महेन्द्र गिरीको एक मात्र सपना अति विपन्न र श्रोत साधनमा पहुँच पुग्न नसकेका ग्रामीण समुदायहरूलाई कसरी माथि उठाउने भन्ने रहेको छ ।
समाज रुपमान्तरणको महान अभियानमा कृयाशिल सहारा नेपाल बचा तथा ऋण सहकारी संस्था लि। नेपालकै उत्कृष्ट सहकारी संस्था हो । सामाजिक उत्तरदायित्वको कार्यलाई अन्त्यन्तै धेरै प्राथमिकतामा राखेर काम गरिरहेको सहारा नेपाल साकोसले कोशी प्रदेशका झन्डै १२ जिल्लाहरूमा आफ्नो कार्यक्षेत्र बनाई सकेको छ । लघुवित्त सदस्यहरू माझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेवापत संस्थालाई स्वावलम्बन विकास केन्द्रले पुरस्कार प्रदान गरेको हो ।
स्वावलम्बन विकास केन्द्रको ३२ औं वार्षिक उत्सवको असरमा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेका हुन ।
एक लाख ६३ हजार भन्दा बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २०८० असारमसान्तसम्म १ अर्ब ६३ करोड १४ लाख ५२ हजार एक सय रुपैयाँ शेयर पुँजी र १ अर्ब ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ जगेडा कोष रहेका संस्थाका उप निर्देशक लक्ष्मण खतिवडा बताउँछन् ।
१० अर्ब ९७ करोड ९० लाख ४७ हजार २०१ रुपैयाँ बचत संकलन तथा ११ अर्ब २० करोड ५५ लाख ७७ हजार ५२५ रुपैयाँ लगानी गरेको संस्थाले वित्तीय सेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य, विपन्न परिवारको आवास निर्माण, उद्यमशिलता विकासलगायतका सामाजिक उत्तरदायित्वका क्षेत्रहरूमा पनि काम गरिरहेको संस्थाका कर्मचारी भक्त बहादुर खड्का बताउँछन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
एकै ओभरमा सागर ढकालले लिए दुई विकेट
बैशाख १६, २०८१ आइतबार
तेस्रो लगानी सम्मेलनमा नेपालमा लगानी गर्न आग्रह (फोटोफिचर)
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाममा ९ हजार ७ सय ४ मत खसेको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु
बैशाख १६, २०८१ आइतबार
आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
बैशाख १६, २०८१ आइतबार