माधव नेपालमाथि ओलीको शब्दवाणः ‘एमाले सिध्याउन बामपन्थी देखिए, दक्षिणपन्थीको झोला बोके’
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १६:४:२४
३० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि शब्द वाण प्रहार गरेका छन् ।
उनले तत्कालीन नेकपाका बेला आफू लगायत वामपन्थी नेताहरूलाई पार्टीबाट निस्कासन गरेर सडकमा पुर्याउन दक्षिणपन्थीको योजनामा काम गरेको गम्भीर आरोप लगाए । मंगलबार पार्टीको बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले माधव नेपाल वाम पन्थको नाममा दक्षिण पन्थको मार्गमा हिँडिरहेको र त्यसैका आधारमा सरकारमा पुगेको आरोप लगाए ।
एमालेका वरिष्ठ नेता रहेकै समयमा एमाले र माओवादी एकताबाट बनेको नेकपाबाट आफूले सरकारको नेतृत्व गरिरहेका बेला पार्टी सदस्य समेतबाट हटाउने षडयन्त्र गरेपछि आफूले २०७७ पौष ५ मा संसद विघटन गरेको खुलासा गरे । उनले विघटन नगरे भए आफू लगायतलाई दुई तिहाईको पार्टीमा दुहाइ दिएर निष्कासन गर्न खोजिएको पत्ता लागेपछि एमालेका साथीहरू बचाउन संसद भंग गरिदिएको बताए ।
उनले नेपाललाई वामपन्थी भन्नै नसुहाउने भन्दै वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोक्नेहरू ‘वास्तविक झोले’ भएको उनको तर्क थियो । निस्कासनको खेल रच्दा संसद विघटन हुन्छ भन्ने प्रचण्ड–माधवलाई पहिल्यै थाहा भएको समेत उनले दाबी गरे ।
ओली र नेपालबीचकाे तिक्तता के थियाे ?
२०७४ को आम चुनावपछि माओवादी केन्द्र र एमालेबीच एकता भई बनेको नेकपाबाट सरकारको नेतृत्व ओलीले गरेका बेला सरकार चलाउने कार्यशैलीको पार्टीभित्रैबाट आलोचना भएपछि पार्टी बैठकमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, माधवकुमार लगायतले दुईतिहाई ओलीलाई पार्टीबाटै निकाल्ने तयारी गरेको थियो । प्रचण्डले पार्टी बैठक नै राखेर कारबाहीको तयारी गरेपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेर संसद विघटन गराएका थिए ।
विघटनविरुद्ध प्रचण्ड–माधव, नेपाली कांग्रेसका नेताहरू सर्वोच्च गुहार्न पुगे र सर्वोच्चले संसद पुनर्वहाली गरिदियो । त्यसपछि पनि उनले जेठमा पुनः संसद विघटन गरिदिए र त्यसलाई पनि सर्वोच्चले पुनःस्थापना गरिदिँदै प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति भण्डारीको नाममा परमादेश जारी गरेको थियो । परमादेशपछि बनेको सरकारमा एमाले प्रतिपक्षमा सीमित हुन पुग्यो । माधवकुमार नेपालले केही नेताहरूलाई लिएर एमाले फुटाएर एकीकृत समाजवादी गठन गरे ।
पछि २०७९ को आम चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा पुगेपछि सभामुख र राष्ट्रपति दुवै पदमा आँखा लगाएका कारण सत्ता समीकरण परिवर्तन हुँदा एमाले अहिले प्रतिपक्षमै छ ।
साइन बौर्ड, लेटर प्याड, छाप र टोपी लगाउँदैमा वामपन्थी नहुने भन्दै काम र व्यवहार वामपन्थी देखिन नेता कार्यकर्तालाईृ प्रशिक्षण दिए । वामपन्थले सधैं विकास र परिवर्तनको विचार बोक्ने तर दक्षिणपन्थीले कुरा चर्का र मिठा गरेर वामपन्थीलाई सिध्याउने खेल खेल्ने बताए । त्यसप्रति सचेत रहन पनि उनले निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभामा पुग्यो संवैधानिक परिषदसम्बन्धी विधेयक
जेठ २१, २०८१ सोमबार
देउवा र ओली सँगसँगै छिरे बालुवाटार
जेठ २१, २०८१ सोमबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
जेठ २१, २०८१ सोमबार
नेपाली सेनाद्वारा प्राकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम
जेठ २१, २०८१ सोमबार
पाकिस्तानी विमान कम्पनीमा ईयूको प्रतिबन्ध कायम रहने
जेठ २१, २०८१ सोमबार
नेपालले राष्ट्रिय स्वेच्छिक समीक्षा प्रतिवेदन तयार पार्ने
जेठ २१, २०८१ सोमबार
जापानमा ६.० म्याग्निच्युडको भूकम्पको धक्का महसुस
जेठ २१, २०८१ सोमबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार