नेप्से ३१ दशमलव ८० अङ्कले घट्यो
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १६:१५:३०
३० साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज 'नेप्से' परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ ।
आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन सय ४१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब १५ करोड ७३ लाख १२ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ ।
आजको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक चार दशमलव २८ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई सय ४२ दशमलव ७० र जीवन बीमा समूह दुई सय चार दशमलव २८ अङ्कले घटेको छ ।
बैंकिङ ११ दशमलव ९७, विकास बैंक ७३ दशमलव १८, वित्त ३९ दशमलव ८४, होटल तथा पर्यटन एक सय २३ दशमलव ६९ र जलविद्युत ५१ दशमलव ३३ अङ्कले घटेको छ । लगानी समूह शून्य दशमलव ८१, लघुवित्त ४० दशमलव १६, निर्जीवन बीमा एक सय ८४ दशमलव २१, व्यापार १४ दशमलव ४१ र अन्य समूहको उपसूचक १३ दशमलव ८९ अङ्कले घटेको छ ।
आजको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव १८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको शेयर मूल्य सात दशमलव ६९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू २० करोड ५५ लाख ९४ हजार ३२ बराबरको शेयर किनबेच भएको छ । किनबेच भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन लाख २५ हजार दुई सय ३५ कित्ता किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार