हतुवागढीमा श्रमदानमार्फत सडक मर्मत
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १६:१३:६
३१ साउन, भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् ।
उक्त अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखि वडा नं ४ एक्लेबरसम्म साँढे चार किलोमिटर सडक मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । यहाँको मुख्य सडकअन्तर्गत नाली व्यवस्थापन, हिलो र खाल्डा भएका स्थानमा मिक्स गिटी लाउने, झाडी हटाउनेलगायत काम गरिएको उनले बताए ।
“गाउँपालिकामा श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत, सम्भार गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “प्रायः सबै सडक वर्षातले बिग्रिएको अवस्थामा छन् । पालिकाले थालेको यस अभियानमा स्थानीयले पनि सहयोग गरिरहनुभएको छ ।”
बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि अभियानमार्फत स्थानीयले स्वतस्फूर्त रुपमा सहयोग गरिरहेका उनको भनाइ थियो । अध्यक्ष राईका अनुसार अभियानमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य सङ्घ, हतुवागढी यातायात प्रालि, प्रगति समृद्धि र हाटखोला टोल विकास संस्था, सिम्ले साँचकी फलामढुङ्गा खैराङ र शिला सुत्केरी टोल विकास संस्थालगायत सर्वसाधारण सहभागी छन् ।
श्रमदानमा जोडिने सबैलाई गाउँपालिकाले धन्यवाद दिँदै आगामी दिनमा पनि सञ्चालन गरिने अन्य विकासका अभियानमा जुट्न सबैलाई अनुरोध गरेको छ । यसअघि गाउँपालिका तथा वडा कार्यालयको अगुवाइमा श्रमदानमार्फत घोडेटार, सङ्खाम, दिमालुङ पदमार्ग क्षेत्रमा वृक्षरोपन गर्नुका साथै दिमालुङ क्षेत्रको सरसफाइसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार