सुरक्षा पन्त भन्छिन्स् ‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १२:५६:१६
३२ साउन, काठमाडौं । अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘जुलेबी’ भोलि शुक्रवारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको यो फिल्ममा यौनकर्मी पात्रको भूमिकामा छिन् सुरक्षा, जसको कथा रत्नपार्कसँग जोडिएको छ । यस फिल्मको पात्र आफूले अहिलेसम्म निर्वाह गरिसकेकामध्ये गाह्रो लागेको सुरक्षा सुनाउँछिन् ।
त्यसको कारण हो, समाजको संवेदनशिल पात्रको भूमिका निर्वाह गर्दै थिइन् उनी । त्यसमाथि यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरु हच्किने डर रहन्थ्यो । उनीहरु खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो ।
यद्यपि, जति धेरै इन्फमेसन आयो, त्यति पात्रलाई न्याय गर्न सक्थिन् । त्यसैले त्यो पात्रको तयारी गर्न गाह्रो हुने उनलाई सुरुवातमै लागेको थियो । तर, उनी हरेक फिल्ममा चुनौती मोल्न तयार अभिनेत्री हुन् । यसअगाडिका फिल्मबाट उनले त्यो कुरा प्रमाणित गरिसकेकी छिन् । ‘जुलेबी’मा पनि उनले चुनौती मोल्न तयार भइन् ।
त्यसका लागि केही पूर्वं तयारी गर्नु पर्ने थियो, वास्तविक पात्र हेर्न रत्नपार्क पुगिन् । तर, त्यसरी जाँदा पात्रसँग भेट्न पाइनन् । कोहीसँग बोल्न, कुरा गर्न पाइनन् ।
फिल्मकै सदस्यमार्फत एकजना यौनकर्मी महिलासँग भेट गर्ने अवसर मिल्यो । ‘उहाँले एउटा कलाकारका रुपमा महिला चिन्नुहुँदो रहेछ । तपाईको फिल्म हेरिरहेको हुन्छु भन्नुभयो । भेट्दाखेरी नै खुशी हुनुभयो’ सुरक्षा पात्रको तयारीका कुरा सुनाउँछिन् ‘उहाँलाई विश्वास लाग्यो होला सायद, धेरै कुराहरू मज्जाले सेयर गर्नुभयो । त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो ।’
एउटै पात्रलाई नियालेर बस्नुपर्दा बडिल्याङवेजका लागि भने उनलाई ‘टफ’ भयो । यद्यपि, अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाएपनि उनीहरुको ‘बडिल्याङवेज’ नियालिन् । धेरै पात्रबाट थोरै धेरै कुराहरु लिइन् र अर्कै फ्यूजनको पात्रमा आफूलाई ढाल्दै गइन् । ‘मेरो पात्र हेर्दाखेरी एउटै क्यारेक्टरजस्तो नदेखिएको राम्रो । कोही पनि व्यक्तिलाई इंकित गरेको जस्तो नदेखिएको राम्रो । यो को हो, को हो रु भनेको जस्तो देखिनु अझ राम्रो हो । त्यसले संवेदनशिलता मेन्टेन गर्छ’ उनले भनिन् ‘मैले सबैबाट अलिअलि बडिल्याङवेज लिएकी हुँ । यो केटी अलिकति हावा पनि छ । सिरियस पनि छ । उडाइदिई पनि रहेको हुन्छ । घरिघरि राम्री पनि देखिइरहेको छ । घरीघरी कस्तो नराम्रो देखिइरहेको छ । त्यसरी सबै फ्यूजन गरेर तयार गरेको हो ।’
डबिङका क्रममा सुरक्षाले फिल्म हेरिन्, त्यसपछि उनी फिल्मलाई लिएर सन्तुष्ट छिन् । ‘दर्शकलाई कस्तो लाग्ने हो, त्यो त अहिले भन्न सक्दिन्’ उनले भनिन्, ‘तर, म चाहीँ सुखी छु । फिल्मलाई लिएर सन्तुष्ट छु ।’
फिल्मको कथा तह–तहमा रहेको उनले जानकारी दिइन् । सोहीकारण अर्को किसिमका दर्शकका लागि फिल्म अझ रुचिकर हुनसक्ने अपेक्षा उनको छ । फिल्ममा सुरक्षासँगै उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको शीर्ष अभिनय छ । फिल्मले रत्नपार्कसँग जोडिने यी शीर्ष पात्रको चाहना र जेलिएको मायाको कुरा गर्ने सुरक्षा बताउँछिन् ।
‘हामीले अलिकति लेयरवाला फिल्म हेर्नै पाएका छैनौं, सबै सतही–सतही भयो । जेलिएका सम्बन्धहरुको बारेमा भित्री गहिराईसम्म पुगेका कथा खोइ त रु भनेर फरक खोज्नुभएका दर्शकहरुले अझ बढी रुचाउनुहुनेछ’ उनी भन्छिन्, ‘तर, अलि सटेन धार हेरिरहनुभएको, त्यसमा इन्जोय गरिरहनुभएका दर्शकहरु के गर्नुहुन्छ थाहा छैन् । यद्यपि, क्रिटिक्सबाट चाहीँ राम्रो फिडब्याक आउने अपेक्षा लिएकी छु ।’ केन्द्रीय चलचित्र जाँच पास समितिले ‘जुलेबी’लाई एडल्ट सर्टिफिकेट दिएको छ । आभा शर्मा नेपाल यस फिल्मको निर्माता रहेकी छन् । चलचित्रको कार्यकारी निर्माता नविन भट्ट हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
रौतहटमा आईपीभी खोप दुई चरणमा सञ्चालन हुने
जेठ ९, २०८१ बुधबार
एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै
जेठ ९, २०८१ बुधबार
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
जेठ ९, २०८१ बुधबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
सिक्लेस गाउँ पर्यटकको रोजाइमा
जेठ ९, २०८१ बुधबार
पार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार