पार्टी संगठन सुधारका लागि कांग्रेसले जागरण अभियान चलाउने
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १३:५१:०
काठमाडौं । कांग्रेसले नयाँ वर्षको आरम्भसँगै पार्टी संगठन सुधारका लागि जागरण अभियान चलाउने भएको छ । कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले पहिलो चरणको अभियान वैशाख ११ गते सुरु हुने बताए । ‘कार्यक्रम र समय तालिकाको औपचारिक घोषणाको तयारीमा छौं,’ उनले भने, ‘तीन चरणको कार्यक्रम वैशाखबाट मंसिरसम्म चल्नेछ ।’
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानका लागि सचिवालयले कार्यक्रम तयार पारिरहेको जानकारी दिए । फार्टी केन्द्रीय कार्यालयले गर्ने कार्यक्रमका अतिरित्त केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणका कार्यक्रम लैजाने भएको छ । उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको प्रतिष्ठानले युवा मतदातालाई पार्टीप्रति आकर्षित गर्ने खालका कार्यक्रम र प्रशिक्षण सञ्चालन गर्ने तयारी गरिरहेको छ । जिल्ला र क्षेत्रीय कार्यसमितिले पनि आआफ्नो अभियान चलाउने छन् ।
प्रवक्ता शर्माका अनुसार कांग्रेसले २०७६ साललाई जागरण अभियानसँग जोड्ने तयारी गरेको छ । अभियान पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५१ स्थानीय तहमा पुर्याउने लक्ष्य छ । अभियानलाई समन्वय गर्न सबै केन्द्रीय सदस्यलाई जिल्ला खटाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । पार्टीका सबै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरूलाई फरक जिम्मेवारीका साथ अभियानमा परिचालन गराइनेछ ।
सहमहामन्त्री महतले अभियानको मुख्य लक्ष्य सरकारका गलत कामकारबाहीलाई आम जनतामाझ लैजाने हुने बताए । ‘महासमिति बैठकबाट पारित पार्टीको आर्थिक तथा राजनीतिक प्रस्ताव र पार्टीको विधानलाई समेत कार्यकर्तामाझ बुझाउने प्रयास हुनेछ,’ महतले भने, ‘स्थानीय तहमा पार्टीका समस्या र विवाद सुल्झाउने कामसमेत हुनेछ ।’ कान्तिपुरमा खबर छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार