महिला विश्वकपको फाइनल आज : इङ्ल्यान्ड र स्पेनबीच प्रतिष्पर्धा हुँदै
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार ९:३५:२४
३ भदौ, काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज सकिँदैछ । इङ्ल्यान्ड र स्पेनले उपाधिका लागि दिउँसो प्रतिस्पर्धा गरेसँगै प्रतियोगिता सकिने छ । अस्ट्रेलिया रंगशालामा हुने फाइनलमा उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्नेछन् ।
घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । स्पेनले स्वीडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुवै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् ।
तेस्रो स्थानका लागि शनिबार ब्रिसबेनस्थित सनक्रप रंगशालामा भएको खेलमा स्वीडेनलाई जित दिलाउन फ्रिडालिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरे । तेस्रो स्थानका लागि स्वीडेन र अस्ट्रेलियाबीच भएको खेलको ३०औँ मिनेटमा रोल्फोले गरेको गोलबाट स्वीडेनले अग्रता बनाएको थियो । ६२औँ मिनेटमा एस्लानीले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् ।
यससँगै दुवै टिमबाट थपगोल नहुँदा स्वीडेनले दोस्रोपटक विश्वकपमा तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ । २००३ को उपविजेता स्वीडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो ।
२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुरस्कार राशी बढाएर अहिले १५ करोड २० लाख डलर पुर्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार