डीआईजी नै २२ दिन बेपत्ता भएपछि मुख्यालयले जनायो आपत्ति
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १०:४२:५४
४ भदौ, काठमाडौं । सशस्त्र प्रहरीमा एक कार्यालय प्रमुखले आफ्नो सेकेन्ड म्यानलाई चार्ज नबुझाइ बिदा बसेपछि मुख्यालयले आपत्ति जनाएको छ । सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री अमेरिका जाँदा २२ दिन आफ्नो कमाण्ड क्षेत्रमा कोही कसैलाई औपचारिक जानकारी नदिएपछि मुख्यालयले आपत्ति जनाएको हो ।
सामान्यतया कार्यालय प्रमुख बिदा बस्दा एक तह मुनिको अधिकृतलाई कार्यालयको चार्ज बुझाउनु पर्छ तर सशस्त्र प्रहरीका डीआईजी खत्रीले सो प्रावधानको ठाडो उल्लंघन गरेका छन् । सशस्त्र प्रहरी बल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी खत्री साउन भर श्रीमतीसहित अमेरिका घुमघाममा जाँदा एसएसपी कमल तिमिल्सिनालाई चार्ज बुझाउनु पर्नेमा कुनै पनि जानकारी नदिएको खुलेको हो । ‘उनले चार्ज बुझाएको छैन भन्ने जानकारी मुख्यालयलाई थाहै भएन, उहाँ विदामा बसेको पनि जानकारी भएन’, मुख्यालय स्रोतले भन्यो ।
स्रोतका अनुसार २२ दिन घर बिदा लिएका उनले कसैलाई कार्यालयको चार्ज बुझाएनन् । चार्ज नबुझाइ बिदा बसेको भन्दै मानवश्रोत विभागले आपत्ति जनाउँदै अबदेखि कही कतै गए वा घर विदामा बसे अनिवार्य रुपमा चार्ज बुझाउन निर्देशन दिएको छ । ‘ विभागले भाद्र १ गते प्रतिष्ठानलाई लेखेको पत्रमा कार्यालय प्रमुख बिदा बस्दा चार्ज बरबुझारथ गर्नुपर्नेमा निज डीआईजी खत्री २२ दिन बिदा बसेर हाजिरमात्र भएको भन्ने जानकारी मात्र भएको’, उल्लेख गरेको छ ।
२२ दिन सम्म प्रशिक्षण प्रतिष्ठान कस्को कमान्डमा थियो भन्ने गम्भीर प्रश्न उठेको छ । त्यसबीचमा प्रतिष्ठानमा घटना दुर्घटना भएको भए को जिम्मेवार हुने भन्ने प्रश्न पनि उठेको छ जबकी २२ दिन बिदा लिएर उनी श्रीमती सहित अमेरिकामा मस्त-व्यस्त थिए । त्यतिन्जेल सशस्त्रको एक मात्र प्रतिष्ठान बेबारिसे जस्तै बन्यो । उनी पछिका अधिकृत एसएसपी कमल तिमल्सिनाले पनि यस्तो कुरालाई गुपचुप राख्न खोजेको भन्दै मानव स्रोत विभागले प्रश्न गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा
बैशाख ४, २०८१ मंगलबार
सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान
बैशाख ३, २०८१ सोमबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार