‘बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १४:५४:१२
४ भदौ, नवलपुर । बर्सेनि नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहेका नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि गरिएको बिग बोल्डरले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का धेरै बस्ती जोगाएको छ ।
“गएका वर्षमा नारायणी नदीमा बाढी आएपछि नदी किनारका बासिन्दा सुरक्षित ठाउँ खोजेर जानुपर्ने अवस्था थियो”, गैँडाकोटका ७८ वर्षीय यमलाल विश्वकर्माले भने, “नदीमा बाढी आए पनि अहिले ढुक्कसँग घरमै बस्नसक्ने अवस्था सिर्जना भएको छ ।” बर्सेनि बाढी आउँदा कटान हुने क्षेत्र गैँडाकोट–५ कुसुमघाटका स्थानीयले सास्ती भोग्दै आएकामा तटबन्ध निर्माणपछि समस्या समाधान भएको उनले बताए ।
नारायणी नदी व्यवस्थापन कार्यालय भरतपुरले गत वर्ष नवलपुरतर्फ नदी किनारमा ‘बिग बोल्डर’ निर्माण गरेपछि बाढीबाट हुने कटान रोकिएको हो । बाढी आउँदा रातभरि सुत्न नसकिएको स्मरण गर्दै तटबन्धको व्यवस्थापनपछि ढुक्कसँग बस्ने वातावरण बनेको स्थानीय बताउँछन् ।
गत वर्षदेखि यस क्षेत्रमा नदीको कटान पूर्णरुपमा रोकिएको विश्वकर्माले बताए । “विभिन्न ठाउँबाट टिपरमा ल्याइएका ठूलाठूला ढुङ्गा नदी किनारमा हालिएका छन्”, उनले भने, “नदीमा आएको बाढीले माटो भेट्दैन ठूला ढुङ्गा बगाउन र फुटाउन नसकेपछि बस्ती जोगिएको हो ।”
विश्वकर्माका अनुसार बाढीले बर्सेनि यहाँको खेतीयोग्य जमिन बगरमा परिणत गर्नुका साथै यहाँका बासिन्दालाई विस्थापित गर्दै आएको थियो । “बाढीले मेरो पनि नदी किनारमा भएको जमिन काटेको थियो”, नारायणीको किनारमा राखिएका ठूला ढुङ्गा देखाउँदै उनले भने, “पोहोर साल यी ढुङ्गा नराखेको भए सायद म पनि घरबारविहीन हुने अवस्था आउने थियो ।”
नदी व्यवस्थापन कार्यालयले नदीको व्यवस्थापनअन्तर्गत तटबन्ध लगाउने काम गरेसँगै यहाँका बस्ती विस्थापितक्रम रोकिनुका साथै नदी किनारमा ठूलाठूला होटल खुल्न सुरु भएका स्थानीय मनिषा पौडेलले बताए । “नदी किनारका बासिन्दा डराउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, उनले भने, “पहिले त यहाँको जमिन बेचेर अन्तै सर्नुपर्छ कि भन्ने सोच आएको थियो, अब भने ढुक्क भएका छौँ ।” नदी कटान नियन्त्रण भएसँगै जीविकोपार्जन गर्न सहज भएको उनको भनाइ थियो ।
नारायणी नदीमा यस वर्ष दुईपटक ठूलो बाढी आयो । नदीमा आएको बाढीका कारण अन्य पालिकामा कटान गरेको भए पनि गैँडाकोटको वडा नं ५ सुरक्षित बनेको कार्यालयका सूचना अधिकारी इञ्जिनियर शङ्कर बुढाथोकीले बताए । “नदी व्यवस्थापनको काम हुन नसकेको जोखिमपूर्ण क्षेत्रअन्तर्गत मध्यविन्दुको केही वडामा कटान गरेको छ”, उनले भने, “कुसुमघाट लगायतका क्षेत्रमा भने व्यवस्थापनको काम भएकाले कटान रोकिएको छ ।”
बुढाथोकीका अनुसार गैँडाकोटमा नदी व्यवस्थापनको कामसँगै नदी किनारमा जैविक करिडोर निर्माण हुँदैछ । पहिलो चरणमा नदी व्यवस्थापनको काम सकिएको भन्दै उनले दोस्रो चरणमा जैविक करिडोर निर्माणका लागि तयारी भइरहेको उनले जानकारी दिए ।
“गैँडाकोटको नदी किनारका चार वडालाई समेट्ने गरी नदी व्यवस्थापनसँगै जैविक करिडोर निर्माणको काम हुँदैछ”, इञ्जिनियर बुढाथोकीले भने, “यो काम सकिएपछि बस्ती पूर्णरुपमा सुरक्षित हुनुका साथै विभिन्न आर्थिक गतिविधिमा समेत वृद्धि हुने हामीले अपेक्षा लिएका छौँ ।” वि.सं २०८२ जेठमा सकिने गरी गैँडाकोटको नारायणी नदी किनारमा पाँच किमी ड्यामसँगै जैविक करिडोर निर्माणको काम भइरहेको उनले जानकारी दिए ।
कार्यालयले आगामी चार वर्षभित्रमा सबै नदी किनारका बस्तीलाई सुरक्षित पार्ने गरी काम अगाडि बढाइरहेको सूचना अधिकारी इञ्जिनियर बुढाथोकीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँ छिर्दा र बाहिरिँदा खोलेको तगारो नलगाए जरिवाना तिर्नुपर्ने
जेठ १३, २०८१ आइतबार
गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
जेठ १२, २०८१ शनिबार
निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार