लापरवाहीले बिरामीको ज्यान गएको भन्दै आफन्तले गरे सेती प्रादेशिक अस्पताल घेराउ
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १७:५१:५२
४ भदौ, काठमाडौं । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन् । सोमबार दिउँसो घरमा बेहोस भएका धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय अरूणकुमार रानाको उपचारका क्रममा मृत्यु भएकोा थियो ।
आफन्तले अस्पतालको लापरवाहीले रानाको मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका हुन् । अहिले झडपको अवस्था बढेको र बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पताल घेराउ गरेका छन् ।
बेहोस अवस्थामा अस्पताल ल्याइपुर्याएका रानालाई इमर्जेन्सीले ओपीडी वार्डमा पठाएको र त्यसक्रममा मृत्यु भएको आफन्तको भनाइ छ । इमर्जेसी कक्षमा डाक्टर निकै ढिला आएका कारण बिरामीको ज्यान गएको मृतकका परिवारका सदस्यहरुले बताएका छन् ।
घटनाको निष्पक्ष छानबिन गरेर अस्पतालाई कारवाही नभएसम्म शव नबुझ्ने र घेराउ जारी रहने उनीहरुले बताएका छन् । प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने घटनाबारे बुझ्नेकाम भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार