तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आगामी पुसको दोस्रो साता हुने
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १६:४:५५
५ भदौ, काठमाडौं । आगामी पुसको दोस्रो साता तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०८० आयोजना हुने भएकाे छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा चितवनको भरतपुरमा हुने प्रतियोगिता आगामी पुस ७ र ८ हुने भएको छ ।
प्रतियोगितामा सिनियर ईभेन्ट तर्फ पुरुष÷महिला ७ वटा तौल समूह, जुनियर तर्फ ३ , क्याडेट तर्फ ४ र चिल्ड्रेन तर्फ ४ तौल मुहको प्रतिस्पर्धा हुनेछ भने पुम्सेतर्फ एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समिति संयोजक रमेश कार्कीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेश्रो हुने टीमले क्रमशः १ लाख, ५० हजार, २५ हजार र उत्कृष्ट खेलाडी महिला पुरुषतर्फ क्रमशः १०–१० हजार तथा ट्रफी र प्रमाण पत्र प्रदान गरिने उनले बताए ।
त्यस्तै पुम्सेमा प्रथम हुने टिमलाई रु।२०,००० र द्वितीय हुनेलाइ रु। १०,००० प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट निर्णायकलाई १०÷१० हजार २ जनालाई प्रदान गरिने र प्रतियोगीताको अनुमानित खर्च ३३ लाख ६० हजार रहेको आयोजक समिति संयोजक कार्कीले बताए ।
सम्पुर्ण खेलहरु विश्व तेक्वान्दो महासंघको नियम अनुसार हुने उनको भनाइ छ । पुम्से विधाको खेलाडीहरूको ६ महिना भित्रको नेपाल तेक्वान्दो संघले प्रदान गरेको प्रमाण पत्रको फोटोकपी अनिवार्य पेश गर्नुपर्ने र सहभागी डोजाङ्ग तथा खेलाडीहरू नेपाल तेक्वान्दो संघमा दर्ता भएको हुनुपर्ने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई
जेठ ११, २०८१ शुक्रबार
बंगालदेश जाने कबड्डी टोलीको बिदाइ
जेठ १०, २०८१ बिहिबार
गणतन्त्र दिवसमा भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुने
जेठ १०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
चुनावको प्रचार सकेर मोदी ४५ घण्टे ध्यानमा
जेठ १८, २०८१ शुक्रबार
ट्रम्प दोषी ठहर, अब राष्ट्रपति चुनाव लड्न पाउछन् ?
जेठ १८, २०८१ शुक्रबार
मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर
जेठ १८, २०८१ शुक्रबार
खोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागिएको होः बालेन
जेठ १८, २०८१ शुक्रबार