रामेछापमा आलुको उत्पादनमा वृद्धि, ६० करोड बढीको आलु उत्पादन
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १४:५:३
६ भदौ, रामेछाप । उन्नत जातको बिउका साथै व्यवसायिक खेती विस्तार भएपछि रामेछापमा यस वर्ष आलुको उत्पादन वृद्धि भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार यस वर्ष गत वर्षको तुलनामा आलुको निर्यात पनि बढेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका परियोजना प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछाप जिल्लामा करिब १८ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । जिल्लाको ७ सय ५० हेक्टर बढी जमिनमा व्यवसायिक रूपमा आलु खेती हुने गरेको छ ।
रामेछाप जिल्लामा उत्पादन भएको ४० प्रतिशत आलु जिल्ला बाहिर निर्यात भएको छ । निर्यात गरिएको आलु भारतीय बजारसम्म पुगेको छ । देश भित्र काठमाडौँ उपत्यका तथा तराईका बजारका रामेछापको आलु पुगेको छ ।
चिसो लेकाली क्षेत्रमा उत्पादन भएको रामेछापको आलु स्वादिलो र पौष्टिक भएकोले पनि बजारमा यहाँको आलुको उच्च माग छ । किसानले बारीबाट नै ३५ देखि ४० रुपैयाँ किलोका दरले आलु बिक्री गर्ने गरेका छन् । यो हिसाबले रामेछाप जिल्लामा ६० करोड रुपैयाँ बराबरको आलु उत्पादन भएकोमा जिल्ला बाहिर २७ करोड रुपैयाँ बढीको आलु निर्यात भएको छ । गत साल २० करोड रुपैयाँको आलु जिल्लाबाट बाहिर गएको अनुमान छ ।
रामेछाप जिल्लामा आलु बिउ उत्पादन तथा भण्डारण स्रोत केन्द्रहरू स्थापना भएपछि उन्नत जातको बिउको प्रयोगका कारण आलुको उत्पादन बढेको छ । आलु जोन कार्यक्रम अन्तर्गत रामेछापमा गुणस्तरीय आलुको बिउ उत्पादन तथा भण्डारको लागि ६ वटा बिउ श्रोत केन्द्र स्थापना भएका छन् । त्यस्तै २ वटा बिउ उत्पादन क्षेत्र रहेका छन् । जिल्लामा हरेका वर्ष ५ सय मेट्रिक टन आलुको बिउ उत्पादन हुने गर्दछ । रामेछापमा उत्पादन भएको बिउ अन्य जिल्लामा समेत निर्यात हुन लागेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकालाई आलु उत्पादनको जोन क्षेत्र घोषणा गरिएको छ । उमाकुण्ड गाउँपालिकाका सबै सातैवटा वडा र गोकुलगंगाका सबै ६ वटै वडामा यो कार्यक्रम सञ्चालनमा छ ।
यसको साथै दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा र गौश्वारामा पनि ठूलो परिमाणमा व्यवसायिक रूपमा आलु खेती हुने गरेको छ । शैलुङमा उन्नत जातको आलु बिउ उत्पादन गरी किसानलाई वितरण गरिएको छ । रोजिटा जातको रोग प्रतिरोधी क्षमताको आलु सो क्षेत्रका किसानले लगाएपछि उत्पादनमा वृद्धि भएको स्थानीय किसान दावासङ्बु शेर्पा बताउँछन् । शैलुङका एउटै किसानले लाखौँ रुपैयाँको आलु बिक्री गर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै
जेठ १२, २०८१ शनिबार
कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार
नवलपरासीपूर्वमा आलु उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइने
जेठ १२, २०८१ शनिबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
अमेरिकाले युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
अनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै
जेठ १२, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना गम्भीर घाइते
जेठ १२, २०८१ शनिबार