गंगा सुवेदीको नियालेर आकाश कथा संग्रह सार्वजनिक
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १७:३०:१९
काठमाडौं । साहित्यकार गंगा सुवेदीको कथा संग्रह ‘नियालेर आकाश’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रममाझ उक्त कृति सार्वजनिक भएको हो ।
नारी, सामाजिक विकृती तथा समस्यालगायतका विषयवस्तुमाथि यथार्थवादी शैलीमा लेखिएका २५ वटा कथाहरु समेटिएको उक्त पुस्तकलाई प्राज्ञ तथा स्रष्टा माया ठकुरी, साहित्यकार लक्ष्मणप्रसाद गौतम, समीक्षक उमाप्रसाद कोइराला, साहित्यकार ज्ञानु अधिकारी र लेखिका सुवेदीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
प्राज्ञ तथा स्रष्टा ठकुरीले कथाकार सुवेदीले आफ्ना कथामा यथार्थ र जीवन्त परिवेश ल्याउन सफल भएको बताइन् । कृतिमाथि समीक्षक टिप्पणी राख्दैं समीक्षक तथा स्रष्टा ज्ञानु अधिकारीले आफूले नदेखेका कतिपय यथार्थतामा पनि कथामा आएको बताउँदै उनले कथामार्फत समाजमा विद्यमान विभेदमाथि शालिन विरोध र असन्तुष्टी रहेको बताइन् ।
अर्का समीक्षक उमाप्रसाद कोइरालाले पूर्वबाट स्थापित स्रष्टा सुवेदी बहुमुखी प्रतिभाकी धनी भएको बताए । साहित्यकार, सञ्चारकर्मी, समाजसेवी, उद्यमी र चित्रकार समेत रहेकी सुवेदी गौरव गर्न लायक प्रतिभा भएको बताउँदैं सुवेदीका कथामा कारुणिकता कथाको शक्ति भएको बताए ।
कथाकार सुवेदीले आफूले हरेक कथा अन्तरमनले आत्मस्पर्श गरेपछि लेखेको बताइन् । कार्यक्रमका अध्यक्ष लक्ष्मण गौतमले सकारात्मक सोचलाई गंगाले कथामा उतार्ने गरेको बताए ।
उनले धेरै ब्यक्तित्वलाई सँगै लिएर जानु पनि कृत्तिकारको विशेषता रहेको बताए । सुवेदीको यो पाँचौ कथाकृति डिकुरा पब्लिकेसन्सले बजारमा ल्याएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार