नेपाली कामदार लैजान लेबनान इच्छुक, प्रस्ताव तयार पार्दै सरकार
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १२:५२:१
७ भदौ? काठमाडौं । लेबनानले नेपाली कामदार लैजाने भएको छ । त्यसका लागि उसले लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग भेटेर प्रस्ताव गरेका छन् ।
गोजाएलले आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको उल्लेख गर्दै नेपाली कामदार लैजान चाहेको बताएका थिए । कामदारको सुरक्षा, स्वास्थ्य तथा पारिश्रमिकलाई लेवनान सरकारले ग्यारेन्टी गर्ने उनले बताए ।
जवाफमा मन्त्री भण्डारीले प्रस्ताव राम्रो भएको र सरकारले छिट्टै निर्णय लिने आश्वसन दिएका थिए । लेवननासँग श्रम समझदारी गरेर श्रमिकहरू पठाउनेबारे निर्णय गरिने मन्त्रालयका सह–सचिव राजीव पोखरेलले बताए । कामदार पठाउने विषयमा सरकारले निर्णय गरेपछि नेपालको तर्फबाट प्रस्ताव पठाउने उनले बताए । लेवनानले निर्माण क्षेत्र, हस्पिटालिटी, कुषि लगायत क्षेत्रमा कामदार लैजाने चाहेको देखिएको उनको भनाइ छ ।
हाल लेबनानमा थुप्रै नेपाली कामदार रहेको वैदेशकि रोजगार विभागको तथ्यांकले देखाएको छ । लेवनानसँग सीमाना जोडिएको इजरायलमा थुप्रै नेपाली कामदार कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल आयल निगममा जागिर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
जागिर खाँदै इन्जिनियर बन्नेहरूका लागि नेक विडिएच
भदौ १८, २०८१ मंगलबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग
भदौ ३१, २०८१ सोमबार
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
असोज १, २०८१ मंगलबार
आज विश्वकर्मा पूजा मनाइँदै [ फोटो फिचर ]
असोज १, २०८१ मंगलबार
विश्वकर्मा पूजा दिन विद्यालयको बस पूजा गरिँदै
असोज १, २०८१ मंगलबार
विश्वकर्मा पूजाका दिन गङ्गबुस्थित नयाँ बसपार्कमा सवारीसाधनमा पूजा गर्दै
असोज १, २०८१ मंगलबार
विश्वकर्मा बाबाको मन्दिरमा सवारीसाधनको पूजा गर्दै सर्वसाधारण
असोज १, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार