५ लाखको शेयर किन्दै हुनुहुन्छ ? आजबाट प्यान अनिवार्य चाहिने
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १७:३७:५७
काठमाडौं । दोस्रो बजारमा शेयर खरिद गर्न आजबाट (वैशाख २ गते) स्थायी लेखा नम्बर (प्यान) अनिवार्य चाहिने भएको छ । धितोपत्र बोर्डले गत २०७५ फागुन ३० गते एक विज्ञप्ती जारी गर्दै २०७६ वैशाख १ गतेबाट प्यान (PAN) अनिवार्य गर्ने जानकारी गराएको थियो । धितोपत्र बोर्डले सेयर कारोबारलाई व्यवस्थित बनाउन गत चैत १० गतेदेखि नै प्यान ऐच्छिक रुपमा लागू गरिसकेको थियो । तर आजबाट भने सेयर खरिद गर्दा प्यान अनिवार्य चाहिनेछ ।
एक पटकमा ५ लाख रुपयाँ वा बढीको सेयर कारोबार गर्नेलाई मात्र प्यान अनिवार्य गरिएको हो । ५ लाख रुपैयाँ भन्दा कम लगानी गर्ने साना लगानीकर्तालाई भने प्यान ऐच्छिक नै रहनेछ । साना लगानीकर्तालाई प्रोत्साहन गर्न ऐच्छिक गरिएको बोर्डको भनाई छ । यसैगरी, धेरै परिमाणमा सेयर कारोबार गर्नेले पनि ५ लाख रुपैयाँभन्दा कमका दरले सेयर खरिद गरेमा प्यान अनिवार्य गरिएको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार