हुम्लाको रिपगाड खोलामा बेपत्ता दाजुभाईमध्ये भाईको जीवितै उद्दार
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १४:३४:३३
८ भदौ, काठमाडौं । हुम्लाको रिपगाड खोलामा आएको बाढीमा बेपत्ता भएका दाजुभाई मध्ये भाईको उद्धार गरिएको छ । बुधबारदेखि परिरहेको भारी वर्षापछि जिल्लाका विभन्नि खोलामा बाढी आएको छ ।
बिहीबार बेलुका सर्केगाड गाउँपालिका–२ स्थित रिपगाड खोलामा आएको बाढीले सिमकोटबाट घर फर्किदै गरेका ताँजकोट गाउँपालिकाका मनऋषी र उनका भाइ धर्मदत्त जैशीलाई बगाएको थियो ।
सो क्रममा स्थानीयले देखेपछि ४० वर्षीय भाई मर्धदत्तलाई मात्र उद्धार गर्न सकेका थिए । ५० वर्षीय दाई मनऋषी बेपत्ता रहेको स्थानीय विजय फडेराले बताए । रिपगाड खोलामा आएको बाढीले झोलुङ्गे पुल र काठको साँघु समेत बगाएको छ ।
बाढीको बहाब नघटेका कारण बेपत्ताको खोजीमा विलम्ब भएको रिपस्थित प्रहरी चौकीले जनाएको छ ।
रिपगाड खोलमा दुईवटा घट्ट र घट्टमा पिस्न राखिएका ३० बोरा अन्न समेत बगाएको छ । रिपागाड खोलामा आएको बाढीले हुम्ला कर्णालीको पानी थुनिएको बताइएको छ । थुनिएपछि रिपगाड खोला आसपासको जमिनमा ताल बनेको स्थानीयको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुको डोल्फु गाउँँमा हतियारधारी समूहद्वारा २३ घरमा लुटपाट
जेठ १४, २०८१ सोमबार
कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित
जेठ १३, २०८१ आइतबार
कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार