कोशीमा एमालेको नेतृत्वमा सरकार बन्ने ओलीको दाबी
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १५:३४:२०
८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
शुक्रबार विराटनगर पुगेका सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कोशी प्रदेशमा छिट्टै एमालेको सरकार बन्ने र मज्जाले चल्ने बताए । उनले एमालेको नेतृत्वमा ४७ भन्दा बढी सदस्यको समर्थनमा सरकार बन्ने दाबी गरे ।
हालसम्म कोशी प्रदेशमा रहेका दलहरुबीच दुई कित्ता बनेका छन् । प्रतिपक्षी एमाले र राप्रपामा गरी ४६ सदस्य छन् । सत्ता पक्षका चार दलमा गरी ४७ सदस्य एक ठाउँमा उभिएका छन् । प्रदेशमा कुल ९३ सदस्य रहेका छन् ।
यस्तो अवस्थाबीच हाल सरकारको नेतृत्व गरिरहेका कांग्रेसका मुख्यमन्त्री उद्वव थापालाई एमालेले नै हालेको मुद्दामा बिहीबार मात्र सर्वोच्च अदालतले दीर्घकालीन असर पुर्याउने किसिमका नीति निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ । थापाले भदौ ४ मा प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका कांग्रेसका इस्राइल मन्सुरीले दिएको मत संविधानसम्मत नदेखिएको तर्क सर्वोच्चले गरेको छ । उक्त मुद्दाको अन्तिम टुंगो यही भदौ १५ मा हुँदैछ ।
१५ पछि संविधानको धारा १६८ को ३ बमोजिम प्रदेशसभा सबैभन्दा ठूलो दल एमालेको नेतृत्वमा सरकार बन्ने ओलीको संकेत रहेको छ । एमाले अहिले संघ र प्रदेश सबैतिर प्रतिपक्षमा रहेको छ । ओलीले भनेजस्तै सबैभन्दा ठूलो दलका नाताले एमालेकै नेतृत्वमा सरकार बनेपनि सरकारका मुख्यमन्त्रीले पनि नियुक्ति भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसकारण पनि कोशीको राजनीति संकटतर्फ गइरहेको विश्लेषण हुन रोकिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार