पूर्व पुगेर काठमाडाैं फर्किएका खेलकुदमन्त्री लिम्बूलाई डेंगु संक्रमण पुष्टि
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार ११:५३:२८
१० भदौ, काठमाडाैं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु संक्रमण देखिएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएका मन्त्री लिम्बूलाई परीक्षणका क्रममा डेंगु पुष्टि भएको उनका स्वकीय सचिव रोशन राईले जानकारी दिए ।
मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ । मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए ।
उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । लिम्बूलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अस्पताल पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार