बेलायतमा झल्कियो मिनी नेपाल
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार ११:२६:५९
१२ भदौ, लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुल्ला मैदानमा १४ औं नेपाली मेला सम्पन्न भएको छ ।
तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतवार सम्पन्न मेलामा नेपाली व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी बिक्री स्टलहरू राखिएका थिए ।
मेलामा बिभिन्न संघसंस्थाहरूका २९ समूहले आ-आफ्नो कला संस्कृतिको परिचय झल्किने झाँकीहरू प्रस्तुत गरेका थिए ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न मेलामा परम्परागत झाँकी, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति साथै नेपालबाट आएका नेपाली कलाकारहरूले पनि सांगीतिक प्रस्तुति दिए ।
मेलामा सहभागी झाँकीहरुलाई प्रोत्साहनस्वरूप उत्कृष्ट झांकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोश्रोलाई तीनसय र तृतीय हुनेलाई २०० पाउण्ड प्रदान गरियो । यस्तै सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिएको थियो ।
झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगदसहित एम्बासडर कप तथा तीनसय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७०० पाउण्ड एवं तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान गरिएको थियो ।
नेपाली मेलामा २०२३ तथा १४ औं नेपाली मेलाको एम्बासिडोर कप किरात राई यायोख्खा युकेले जितेको छ ।
नेपाली मेलामा घानद्रुक समाज युके उपविजेता बन्न तथा दोस्रो स्थान सुरक्षित गर्न सफल भए भने पास पुच गुठी युकेले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो ।
यस बर्षको “तमुधि युके प्रिसिडेन्ट च्याइस” पुरुष्कारद्वारा पास पुच गुठी युके पुरस्कृत भएको छ । झाँकीमा तामाङ समाज युके, चार भन्ज्यांग तमु समाज युके र स्यांग्जा समाज युकेले शान्तवना पुरुष्कार प्राप्त गरेका छन् भने नृत्यतर्फ तमु समाज युके, किरात याक्थुम चुम्लुङ्ग र पास पुच गुठीले शान्तवना पुरस्कार पाए ।
मेलामा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाको सांसद खम बहादुर (खमबिर) गर्बुजा, बंगला देश, भारत, र पाकिस्तानका राजदुतहरु, एनआरएन अन्तराष्ट्रिय समन्नय समितिका अध्यक्ष कुल आर्चाय, सगरमाथा आरोही हरि बुढामगर र दिया पुन लगायत विभिन्न देशका कुटनीतिक नियोगका पदाधिकारीहरु, नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, दुतावासका अन्य काउन्सिलरहरु, एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङ लगायत बेलायतस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
इलाम - २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार