गंगामाया अधिकारीलाई ३७ लाख ४७ रुपैयाँ उप्लब्ध गराइसकिएको छ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार ११:५९:४०
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा मारिएका गोरखाका कृष्णप्रसाद अधिकारीको न्यायका लागि वर्षौंदेखि काठमाडौंमा अनसन बसिरहेकी आमा गंगामाया अधिकारीलाई राज्यबाट आवश्यक स्वास्थ्य सेवा र संरक्षणको काम जारी भइरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद एकनाथ ढकालको प्रश्नको जवाफ दिँदै प्रचण्डले गंगामायाको स्वास्थ्योपचार र संरक्षणका लागि हालसम्म ३७ लाख ४७ लाख रुपैयाँ राज्यबाट उप्लब्ध गराइसकेको जानकारी दिए । गंगामायाको स्वासथ्य अवस्था सामान्य रहेको रिपोर्ट आफूले पाएको उनले बताए ।
कृष्णप्रसादलाई सशस्त्र संघर्ष (जनयुद्ध) चलिरहेको बेला विद्रोही नेकपाले गोरखाबाट चितवन पुर्याइ हत्या गरेको आरोप लगाइँदै आएको छ । छोरा कृष्णका हत्यारालाई कारवाहीको माग गर्दै गंगामाया र उनका श्रीमान नन्दप्रसाद अधिकारीले शान्ति प्रक्रियापछि अनसन सुरु गरेका थिए । अनसनकै बेला २०७१ असोज ६ मा नन्दप्रसादको निधन भइसकेको छ । उनको शव हाल टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ । छोराको हत्याराले कारवाही नभएसम्म नन्दप्रसादको शव नबुझ्ने अडान जेठ छोराले राख्दै आएका छन् ।
प्रधानमन्त्री प्रचण्डले कृष्णप्रसादको घटनाबारे सत्यतथ्य पत्ता लगाउने र न्याय दिने काम संसदमा विचराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित ऐन बनाएर हुने बताए ।
जनताको स्वतन्त्रता, मानवअधिकारको रक्षाका लागि प्रतिवद्ध रहेकाे उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार