हनोई वार्ता बिफल भए लगत्तै पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १८:५९:५२
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।
चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लागेका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ ।
स्रोतले योनहापलाई भनेको छ, “रुसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउँदै हुनुहुन्छ । त्यही समयमा दुबै नेताबीच रुसमै भेटवार्ता हुने सम्भावना छ ।”
राष्ट्रपति पुटिन आगामी अप्रिल २६–२७ मा बेइजिङमा आयोजना हुने “वान बेल्ट, वान रोड” अर्थात् बिआरआईको सम्मेलनमा सहभागी हुनेछन् ।
मस्कोले कोरियाली नेतासँगको भेटवार्ताका बारेमा केही बताएको छैन, तर रुसको सरकारी समाचार संस्था तासले मार्चमा प्रकाशन गरेको एक समाचारमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै मस्को र प्योङयाङबीच किमको भ्रमणका विषयमा छलफल भइरहेको जनाएको थियो । ती प्रवक्ताले जतिसक्दो चाँडो किमसँगको भेटवार्ताका बारेमा निर्णय लिइने बताएका थिए ।
दुबै देशका नेताबीचको भेटवार्ताकै सन्दर्भमा दुबै देशका वरिष्ट कुटनीतिक अधिकारीहरुको भेटघाट पछिल्ला दिनमा बाक्लिएको छ ।
किम जोङ–अनका अति निकट ठानिएका किम चाङ–सोनले गन मार्च १९ देखि २५ सम्म मस्को र भ्लाडिभोस्टकको भ्रमण गरेका थिए । नेता किमको विदेश भ्रमणका सन्दर्भमा सम्पूर्ण तयारीको जिम्मेवारी किम चाङले हेर्ने गरेका छन् ।
यसै महिनाको शुरुमा रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोच्सेभले प्योङयाङको भ्रमण गरेका थिए । पुटिनले गत वर्ष मे महिनामै नेता किमलाई रुस भ्रमणको निम्ता दिनुभएको थियो, तर भ्रमण हुन सकेको थिएन ।
उत्तर कोरियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रुअरीको भियतनामको हनोईमा सम्पन्न वार्ता बिफल भएसँगै रुससँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिएको छ ।
नेता किमले गत वर्षयता नै चीनको चार पटक भ्रमण गरिसक्नु भएको छ । तर सन् २०११ मा सत्तामा आएपछि नेता किमले रुसको भ्रमण गरेका छैनन् । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार