नेपाल लाइफको व्यवसाय सुस्त : अभिकर्ता कमिशन घट्यो, अर्बौ दाबी भुक्तानी गर्न बाँकी, लाभांश निरन्तर घट्दै
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार ११:४७:२०
१३ भदौ, काठमाडौं । केही समय यता नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय बृद्धि निरन्तर सुस्ताउँदै गएको छ । एक हिसाबले भन्दा व्यवसाय बृद्धि नगण्य छ । गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासलाई आधार मान्दा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य ४ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ ।
व्यवसाय बृद्धिदर राम्रो नहुँदा अभिकर्ता कमिशन पनि घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ५२ करोड रूपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब १० करोडमात्र खर्च गरेको छ । त्यस्तै भुक्तानी हुन बाँकी दाबी अर्बौंमा छ । कम्पनीले १ अर्ब ३८ करोडभन्दा धेरै दाबी भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।
कम्पनीले दिने लाभांश निरन्तर घट्दै छ । ५ वर्षको औसत लाभांश ४० प्रतिशत रहेकोमा विगत २ आर्थिक वर्षदेखि कम्पनीले औसत भन्दा कम लाभांश दिएको छ । आर्थिक वर्ष ०७७/७८ मा १५ दशमलव ७९ प्रतिशत लाभांश दिएको कम्पनीले आर्थिक वर्ष ०७६/७७ मा १४ दशमलव ७३ प्रतिशत लाभांश दिएको थियो ।
यस कम्पनीको संचालक समितिको अध्यक्षमा गोविन्दलाल संघाई रहेका छन् । कम्पनीको संचालक समितिका अन्य सदस्यमा कमलेशकुमार अग्रवाल, विवेक अग्रवाल, विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने, शक्तिकुमार गोल्यान र स्वतन्त्र संचालकमा पारुल ढकाल रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओे प्रवीणरमण पराजुलीदेखि डेपुटी सीईओमा अमितकुमार कयाल रहेका छन् । बीमा सम्बन्धि खासै अनुभव र ज्ञान नभएको सीईओको रुपमा पराजुलीलाई अन्य बीमा कम्पनीका कर्मचारीहरू खिसीटिउरी गर्ने गर्छन । विवेक झाको पालामा नेपालकै बीमा क्षेत्रमा उचाई हासिल गरेको यो कम्पनी उनको अवकाशपछि निरन्तर ओरालो यात्रामा छ ।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको उच्च व्यवस्थापनमा उमापति पोखरेल, ओम प्रकाश पुडासैनी, प्रेमप्रसाद रेग्मी, विनोद कुमार भुजेल, सुनिता पोखरेल, शरद चन्द्र प्याकुरेल, सत्या पराजुली, उज्जवल अर्याल, रोशन दवाडी, बन्दना शर्मा शिवाकोटी, सुलक्षना अधिकारी, जोया खान, अर्चना श्रेष्ठ, रोजेश बस्नेत र विनय भण्डारी रहेका छन् ।
कस्तो आयो नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म ६७ करोड ४४ लाख बराबर मुनाफा कमाएको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म कम्पनी ३५ करोड २७ लाख बराबर घाटामा थियो ।
खुद बीमा शुल्क आर्जनः
आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ३६ अर्ब ६२ करोड बराबर खुद बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म कम्पनीले ३४ अर्ब ९८ करोड बराबर बीमा शुल्क आर्जन गरेको थियो । बीमा शुल्क आर्जन ४ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ ।
खुद दाबी भुक्तानीः
आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १५ अर्ब ४३ करोड खुद दाबी भुक्तानी गरेको छ भने आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म कम्पनीले १४ अर्ब १६ करोड खुद दाबी भुक्तानी गरेको थियो । खुद दाबी भुक्तानी जम्मा ८ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ ।
अभिकर्ता कमिशनः
आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ३ अर्ब १० करोड अभिकर्ता कमिशनमा खर्च गरेको छ भने आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ५२ करोड अभिकर्ता कमिशनमा खर्च गरेको थियो । अभिकर्ता कमिशनमा भएको खर्च ११ दशमलव ९८ प्रतिशतले घटेको छ ।
भुक्तानी हुन बाँकी दाबीः
कम्पनीको १ अर्ब ३८ करोड दाबी भुक्तानी गर्न बाँकी छ । एक वर्ष अघि भुक्तानी हुन बाँकी दाबी १ अर्ब ७१ करोड थियो । बीमा बजारमा बीमा दावी भुक्तानी लिन कठिन कम्पनीको रुपमा नेपाल लाइफले पछिल्ला दिनमा आफ्नो पहिचान बनाएको छ । त्यसैको प्रभाव स्वरूप धेरैले यस कम्पनीलाई विश्वास गर्न छाडेका छन् र बीमकहरु लगातार घट्दो क्रममा छन् ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी जम्मा ८ रूपैयाँ २२ पैसा हुन आउँछ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) ११८ रूपैयाँ ८४ पैसा हुन आउँछ ।
लाभांश इतिहासः
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १५ दशमलव ७९ प्रतिशत नगद लाभांश मात्र दिएको थियो । विगत ५ वर्षमा कम्पनीले जम्मा ११२ प्रतिशत बोनस, ८८ दशमलव ५३ प्रतिशत नगद लाभांश गरि २०० दशमलव ५३ प्रतिशत लाभांश दिएको छ । ५ वर्षको औसत बोनस शेयर २२ दशमलव ४० प्रतिशत, नगद लाभांश १७ दशमलव ७१ प्रतिशत गरी कुल औसत लाभांश ४० दशमलव ११ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार