भेरी अस्पतालकाे निरीक्षणपछि स्वास्थ्यमन्त्रीले भने- ‘पुराना कर्मचारीको सरुवा प्रक्रिया बढाउनुस्’
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १४:४५:४४
१४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले लामो समयदेखि एउटै कार्यालयमा रहेका कर्मचारीलाई सरुवा गर्न निर्देशन दिएका छन् ।
एउटै व्यक्ति लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिँदा सेवा प्रभावकारी बन्न नसक्ने जनाउँदै त्यस्ता कर्मचारीलाई अन्यत्र सरुवाका लागि प्रक्रिया अघि बढाउन सरकारी अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् ।
उनले नेपालगन्जस्थित भेरी अस्पतालको निरक्षण गर्ने क्रममा एउटै व्यक्ति एकै कार्यालयमा १५/१६ वर्षदेखि रहेको पाइएको बताए । पुराना कर्मचारी सरुवा गरेर अस्पताललाई व्यवस्थित र सेवामा तीव्रता ल्याउन निर्देशन दिए । निरीक्षणपछि बैठक राखेर अस्पतालको सेवा र व्यवस्थापन चुस्ता र प्रभाकारी बनाउन आवश्यक बजेट छुट्याउने आश्वसन दिए ।
साथै अस्पतालमा गरिब तथा विपन्न परिवारका बिरामीहरुले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउने व्यवस्था मिलाउन निर्देशन दिँदै अस्पतालकाे सेवा र व्यवस्थापनकाे नियमित प्रगति विवरण तयार पार्नु पर्नेमा जाेड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार
सहकारी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
जेठ ८, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार