काेशी सरकारविरुद्धको रिट न्यायाधीश खतिवडाले नहेर्ने भएपछि सुनवाइ सर्याे
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १३:४:७
१५ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको अन्तिम सुनुवाइ आज नहुने भएको छ । सुनुवाइका लागि शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो ।
भदौ ६ भा दायर रिटमा भोलिपल्ट ७ गते न्यायाधीश खतिवडाको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै कोशी सरकारलाई दीर्घकालीन असर पुर्याउने किसिमका नीतिगत कुनै निर्णय नगर्न आदेश दिँदै अन्तिम फैसलाका लागि आजलाई पेसी तोक्न आदेश दिएको थियो ।
तर अन्तिम सुनुवाइका लागि आज खतिवडा समेतको संयुक्त इजलासमा पेसी परेपछि उनले सुनवाइमा नबस्ने बताएका हुन् । सुनुवाई अर्को दिनका लागि सारिएको छ ।
मुख्यमन्त्री थापाले यही भदौ ४ मा प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभाध्यक्ष समेत मत गणना गरिएपछि एमालेका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गराएका थिए ।
थापा नेतृत्वको सरकार भंग गरी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेको नेतृत्वमा सरकार गठन गर्ने परमादेश माग रिटमा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार