प्रेम रामदामले ल्याए 'जमाना छ मोबाइलको'
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार ११:१८:१६
१७ भदौ, काठमाडौं । गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत 'जमाना छ मोबाइलको' सार्वजनिक भएको छ। प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।
तीव्र गतिमा प्रविधिको विकास भएसँगै मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति बढाएको छ । विभिन्न घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ । यहि कथावस्तुमा आधारित रहेर यस गीतको भिडियो निर्माण गरिएको हो।
भिडियोमा सुजनराज सिवाकोटी,पृथ्वी बोहरा, रेगन प्रसाई, गीता बस्नेत, विक्रम धिमाल र अल्बिना मगरको अभिनय रहेको छ। गोपाल नेपालीले छायाँकन गरेको भिडियोलाई तिलक रिजालले सम्पादन गरेका हुन्। पेमा लामाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो 'गोलो प्रडक्शन' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
१६ सयले बढेर तोलाको १ लाख ४० हजार पुग्यो सुन
जेठ ३, २०८१ बिहिबार
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो
जेठ ३, २०८१ बिहिबार
अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री
जेठ ३, २०८१ बिहिबार
बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत
जेठ ३, २०८१ बिहिबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजस्व
जेठ ३, २०८१ बिहिबार