तीन दशकदेखि बीऊ घर अलपत्र, नगरपालिका बेखबर
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १७:३०:५०
१७ भदौ, पर्वत । कुश्मा नगरपालिका– ९ कटुवाचौपारीमा निर्माण गरिएको यहाँको एकमात्र ‘बीऊ घर’ 'मिनिसिड हाउस' सञ्चालनका लागि माग स्थानीयले गरेका छन् । बीऊ घर विगत तीन दशक अघि देखि अलपत्र अवस्थामा छ ।
किसानले उत्पादन गरेका अन्न तथा तरकारी बाली प्रशोधन र परीक्षण गर्न सञ्चालनमा ल्याइएको बीऊ घर सम्बन्धित निकायको बेवास्ताका कारण २०४९ सालदेखि बन्द छ । विसं २०३३ मा बनेको भवन र लाखौँ मूल्यका उपकरण प्रयोगमा आउन नसकेकाले भवन भत्कने र उपकरण कामै नलाग्ने अवस्थामा पुगेको स्थानीय रामशर्मा पौडेलले बताए ।
भवनमा रहेका मोइक्सर टेस्टर 'बीउको आद्रता नाप्ने यन्त्र', ग्रडिङ प्लेट, ग्रेडिङ जाली, स्केपिङ जाली, मकै छोडाउने भाडा, एभर स्केल, सीड लिनर जस्ता मेसिन बिग्रिसकेका छन् । तरकारी र बीउ प्रबर्द्धन परियोजनाले निर्माण गरेको भवन एक रोपनी सात आना तीन पैसा दुई दाम क्षेत्रफलमा फैलिएको छ ।
सो भवन परियोजनाले कृषि सामग्री संस्थानलाई हस्तातरण गरेपनि त्यसको उचित रेखदेख र प्रयोगमा नल्याउँदा अलपत्र बनेको हो । भवन अलपत्र पर्दा कृषकहरूले बिउ प्रशोधन गर्नबाट बञ्चित भएका छन् । किसानले उत्पादन गरेका धान, मकै, आलु, तरकारीका बीउपरीक्षण नगरी लगाउने गरेकाले यस क्षेत्रमा उत्पादन कम हुने गरेको किसानले गुनासो गरेका छन् ।
कुश्मा नगरपालिकाका कटुवाचौपारी, पिपलटारी, शङ्करपोखरी, ठुलीपोखरी, शङ्करपोखरीलगायत दुई दर्जनभन्दा बढी वडाका बासिदाले पुनःसञ्चालनका लागि माग गरेका हुन् । “मिनिसिड हाउसमा मकै, गहु‘ लगायतका बाली प्रसोधन गर्ने गरेका थियौँ”, कटुवाचौपारी–३ का तोयनाथ पौडेलले भने, “बीऊ प्रशोधन गरी बाली लगाउँदा उत्पादन पनि बढी भएको थियो, अहिले त प्रशोधन नगरी बाली लगाउनुले कम उत्पादन भइरहेको छ ।”
सदरमुकाम कुश्माबजार भन्दा बाहिर रहेको भवनलाई आवश्यकता अुनसार प्रयोग गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड पर्वतले जनाएको छ । सरकारले आवश्यक सहयोग गरेमा पुनः सञ्चालन गर्न सकिने वडा अध्यक्ष राम शर्मा लामिछानेको भनाइ छ ।
भौतिक सुधार र संरक्षणको अभावमा भवनसमेत जीर्ण बन्दै गएको छ । उक्त भवनबारे नगरपालिकासमेत बेखबर छ । अलपत्र बनेको भवनको विषयमा आवश्यक जाँचबुझ गर्ने वडाअध्यक्ष लामिछानेले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बैशाख २९, २०८१ शनिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गर्ने नक्कली डाक्टरसहित २ जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
चितवनको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार