उत्तर कोरियाली नेतालाई भेट्ने तयारीमा दक्षिणका राष्ट्रपति
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार २०:५६:१४
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता किम जोन–अनसँग चौथो शिखर सम्मेलनका लागि तयारी शुरु भएको बताएका छन् ।
मूनले सोमबार वरिष्ट सरकारी अधिकारीहरुसँग नियमित छलफलको क्रममा उत्तर कोरियाली नेता किमसँग चौथो शिखर वार्ताका लागि तयारी शुरु भएको बताएका हुन् ।
दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालय ब्लू हाउसले उक्त जानकारी दिएको छ । यसअघि गत सेप्टेम्बरमा यी दुई नेताबीच तेस्रो सम्मेलनको क्रममा भेटवार्ता भएको थियो ।
सो सम्मेलनका क्रममा दुई कोरियाको हितका लागि मौखिक र लिखित केही सम्झौता भएका थिए । राष्ट्रपति मूनले गत साता गरेको वासिङ्टन भ्रमणको क्रममा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेतासँगको भेटवार्ताका बारेमा छलफल गरेका थिए ।
ट्रम्पसँग वासिङ्टनमा भएको भेटवार्ताको मुख्य उद्देश्य किम र ट्रम्पबीचको दोस्रो बैठक पछि उत्पन्न अनिश्चितता हटाउनका लागि भएको मूनले बताएका छन् ।
यसैबीच, सन् १९५० बाट १९५३ सम्म जारी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच कुराकानी गराउन भिडियो उपकरण उत्तर कोरिया पठाउन परामर्श गरिने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
एकीकरण मन्त्रालयका उपप्रवक्ता लि युजेनले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै दक्षिण कोरियाले भिडियो उपकरणहरु हालै खरिद गरिसकेको बताए।
ती उपकरण कहाँ र कसरी उपउब्ध गराउने भन्ने विषयमा उत्तर कोरियासँग छलफल हुने उपप्रवत्ता लिले बताएका छन् ।
दक्षिण कोरियाले हालै मात्र देशका १३ स्थानमा राखिएका भिडियो उपकरणको मर्मत गर्न थालिएको र यस महिनाको अन्त्यसम्म सबै उपकरण प्रयोग गर्न मिल्ने बताएको छ ।
गत सेप्टेम्बर महिनामा दक्षिण कोरियाली राष्ट्रपति मून जाय–इन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच भएको तेस्रो शिखर बैठकमा पुनर्मिलनका लागि भिडियो उपकरण जडान गर्ने विषयमा सहमति भएको थियो । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार