ई. प्रदीप अधिकारीको हवाई अड्डामा उपद्रो ! को कसको छ धाप र साथ ?
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १८:५९:१९
१९ भदौ, काठमाडौं । भ्रष्टाचारीको पहुँच कहाँसम्म हुन्छ ? उनीहरूले आवश्यकता अनुसार कसलाई मात्र आफ्नो प्रभावमा पार्दैनन् ? आफ्ना काला कर्तुत लुकाउन के मात्रै योजना बनाउँदैनन् ? त्यो हेर्न बुझ्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीका व्यवहारलाई नजिकबाट नियाल्दा प्रष्ट हुन्छ ।
आफूले विभिन्न स्थानमा गरेको भ्रष्टाचारजन्य प्रपञ्च छल्ने, त्यो आरोपबाट उन्मुक्ति पाउन महानिर्देशक अधिकारीले भ्रष्टाचार र भ्रष्टाचारीप्रति “वाचडक”को भूमिका निर्वाह गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रभावशाली व्यक्तिलाई समेत सेटीङ गरेर आफ्नो बनाउन पछि नपरेको आरोप लागेको छ । समाचार स्रोतका अनुसार ई. अधिकारीको प्रभावमा अख्तियार नै परेपछि उनले न विभागीय मन्त्रीलाई टेर्छन्, न उनले हवाई अड्डालाई जनताको सेवामा समाहित गराउन भूमिका नै खेलेका छन् ? आफ्नो इच्छाअनुसार नहुँदा उनले यसो–त्यसो गरेरै भए पनि “गोरु चुट्न हलो अड्काउने” सम्म गर्न पछि पर्दैनन् ।
दुर्गम भेगका जनतालाई विमान सेवा उपलब्ध गराउने सन्दर्भमा महानिर्देशक अधिकारीको पछिल्लो निर्णय निकै विवादित रह्यो । प्राधिकरणकै नियमले उडानमा अंकुश लाग्दा दुर्गम ठाउँका विरामीले समयमा उपचार नपाएर विमान कुर्दा कुर्दै आफन्तको निधन भएपछि यतिबेला ज्यानमाराको आरोपसहित अधिकारीमाथि मुद्दा नै दर्ता गरेको अवस्था छ । र पनि न प्रदिप अधिकारीमाथि कारबाही भएको छ, न त सरकारले नै खबरदारी गरेकै अवस्था छ । यसो हुनुमा अधिकारीको सेटीङ क्षमताको प्रभाव परेको बताइएको छ ।
समाचार स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग अधिकारीको निकट सम्बन्ध रहेकाले नै उनी पछिल्लो समय मैमत्त हुँदै अघि बढिरहेका हुन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले संखुवासभा नै घर भएका र बच्चादेखि पछिल्लो समयका सहपाठी अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईसँग अधिकारीको निकट सम्बन्ध स्थापित गराइदिएको दावी समाचार स्रोतको छ । त्यस्तै अख्तियारकै आयुक्त डा. हरि पौडेललाई आफूले मिलाएको निकटस्थ माँझ बताउँदै हिँड्ने अधिकारी अर्का आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य त आफ्नै व्याचमेट भएको सार्वजनिक रुपमै बताउने गरेका छन् ।
सत्तासीनलाई नै प्रभावमा पार्न सकेकै कारण आफूभन्दा वरिष्ठलाई पन्छाएर नागरिक उड्डयन विभागको महानिर्देशक हुन सफल भएको चर्चा प्राधिकरणका कर्मचारीहरू बीच चल्ने गरेका ई. अधिकारीले भैरहवा, पोखरा, काठमाडौं विमानस्थलमा के कसरी भ्रष्टाचार गरे ? भ्रष्टाचारको काण्ड ढाकछोप गर्न कस कसलाई कहाँ कहाँ खुशी पारे ? भन्ने बारेमा छर्लङ्ग हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी मै उल्लेख छ । नत्र २०७९ वैशाख २१ गते दर्ता भएको (सि–०३९९७७) को उजुरी यतिका दिनसम्म अख्तियारको कुन कुनामा थन्केको होला ? रहस्यमै छ ।
सो उजुरीमा उनीमाथि विगतमा पोखरा विमानस्थल, भैरहवा विमानस्थल जस्ता आयोजनामा आयोजना प्रमुखका रुपमा कार्य गरेर अकुत आर्जन गरिसकेका सिभिल इन्जिनियर प्रदीप अधिकारी तिनै आयोजनामा गरेको आर्थिक अनियमितताको रकम खर्चेर नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न सकेको आरोप लगाइएको छ । नत्र नागरिक उड्डयन प्राधिकरणमा सिभिल इन्जिनियर त्यो पनि आफूभन्दा दर्जन बढी योग्य वरिष्ठ इन्जिनियर हुँदा हुँदै उनीहरूलाई पाखा लगाएर प्राधिकरणको नेतृत्व लिन सक्नुको कारण अरू के हुन सक्छ ? नागरिक समाजले प्रश्न गर्ने गरेको छ ।
यसअघि २०७० सालमा विवादास्पद छविका व्यवसायी दीपक मल्होत्राले नै काठमाडौं कै विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणकै २६ रोपनी जग्गा व्यावसायिक कम्प्लेक्स बनाउने नाममा लिजमा लिएर सम्झौता विपरीत अनियमित ढंगले कम्प्लेक्स निर्माण गरेको विषय आज पर्यन्त विवादमा छ । उक्त भवन निर्माणका क्रममा नागरिक उड्डयनका तर्फबाट ई. प्रदीप अधिकारीले नै हेर्ने जिम्मेवारी पाएका कारण स्वीकृत नक्सा विपरीत निर्माण कार्य हुँदा पनि निर्माण कार्य रोकिएन । महालेखाले समेत आफ्नो प्रतिवेदनमा उक्त व्यावसायिक कम्प्लेक्सका बारेमा कैफियत जनाएको अवस्था छ ।
मल्होत्राले विमानस्थल परिसरमा नागरिक उड्डयन प्राधिकरणको ९१ रोपनी जग्गा लामो समय लिजमा दिने प्रक्रिया अघि बढाउँदै गरेको विषय पनि समाचारका रुपमा सार्वजनिक भइरहँदा अरू के के सम्पत्तिमाथि अधिकार जमाउनका लागि पनि प्राधिकरणको नेतृत्वले आफूलाई सहयोग गर्नु पर्ने अवस्था देखेकाले मलहोत्राले नै अधिकारीलाई महानिर्देशक बनाउन भूमिका खेलेको भन्नेहरू प्राधिकरणभित्रै छन् ।
पछिल्लो समय हवाई अड्डाको गलत क्रियाकलाप बारे समाचार बनाउँदा सिम्रिक एयरका अध्यक्ष कै लगानीको अन्नपूर्ण पोष्ट पत्रिकासँग पनि स्पष्टीकरण माग्ने आँट गरेका महानिर्देशक प्रदीप अधिकारीको पतन नभएसम्म हवाई अड्डाले प्रगतिको फड्को मार्न नसक्ने आरोप प्राधिकरणका कर्मचारीहरू लगाउँछन् ।
यिनी यति शक्तिशाली छन् कि यिनले पर्यटन मन्त्री किराँतीको जागिर झण्डै खाइदिएका थिए। मन्त्री किराँती आजभोलि यी महानिर्देशक अधिकारीसँग तर्सेर यिनको नामसमेत लिदैनन् ।स्वेदशी मिडियाका कुरा छाडौँ विदेशी मिडियाले समेत अधिकारीका कर्तुत यसरी बाहिर ल्याउँदा पनि अख्तियारले देखेको नदेख्यै गर्ने अनि सरकार समेत कानमा तेल हालेर बस्नु अचम्म लाग्दो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार