बालिका रेजिशाको मृत्यु प्रकरण : कान्तिबाल अस्पतालका निर्देशकलाई निलम्बन गर्न माग
घटनाकाे छानबिन नभए अनसन बस्ने चेतावनी
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १५:३३:३९
२१ भदौ, काठमाडौं । बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरुले सोमबार महारागन्जको कान्ति बाल अस्प्तालमा काठमाडौंकी ६ वर्षीया रेजिशा गोपालीको एइमर्जेन्सी कक्षमा उपचार नपाएर ज्यान गएको घटनाको छानबिन गर्न माग गरेका छन् ।
जनमतका सांसद अब्दुल खाणले बालिका रेजिशाको मृत्यु समयमै अस्पताल पुर्याउँदा समेत इमर्जेन्सी कक्षमा प्रवेश नदिने सुरक्षा गार्ड र निर्देशन दिने अस्पतालका निर्देशक लगायत दोषी कर्मचारीलाई तत्काल कारवाही गर्न माग गरे । निष्पक्ष छानबिन र दोषीलाई कारवाहीका लागि अस्पतालका निर्देशकसहित कर्मचारीलाई तुरुन्त निलम्बन गर्न माग गरे ।
उनले घटनाबारे स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सदनमा उभिएर जवाफ दिनुपर्ने बताए । बिरामी परेर समयमै अस्पतालमा पुर्याउँदा समेत उपचार नगरी ज्यान जाने तहसम्मका घटना अक्षम्य अराध रहेको उनको भनाइ छ । घटनाकाे छानबिन नभए अनसन बस्ने चेतावनी उनले दिए ।
यस्तै पूर्वमन्त्री समेत रहेका खाणले नेपालको सन्दर्भमा गत शनिबार काठमाडौंमा सार्वजनिक कार्यक्रममा चिनियाँ राजदूत छेन सोङले दिएको अभिव्यक्ति खेदजनक रहेको बताए । राजदूतलाई परराष्ट्रमन्त्रलयले तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताए । राजदूतले नेपालमाथि हेपाइपूर्ण अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए । जनमत पार्टीले चिनियाँ राजदूत सोङलाई फिर्ता पठाउन माग गरेको छ ।
शनिबार एमालेले नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत सोङले नेपालले भारतसँग व्यापार सम्बन्ध राख्दासम्म नेपालको व्यापार घाटा कम नहुने अभिव्यक्ति दिएका थिए । जसको चौतर्फी विरोध भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनाम राखेर संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति नजिक पुग्यो कार्यदल
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
जेठ ८, २०८१ मंगलबार
पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
जनहित पूरै बेवास्तामाः संसद कहिलेसम्म दलका नेताहरुको स्वार्थमा चलिरहने ?
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ, एक फरार
जेठ ८, २०८१ मंगलबार