कोशी प्रदेशमा बजेटसम्बन्धी दुई अध्यादेश जारी
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १४:४५:२२
२४ भदाै, काठमाडाैं । कोशी प्रदेश सरकारमा अध्यादेशबाट बजेट जारी भएको छ । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बजेटसम्बन्धी दुई वटा अध्यादेश जारी गरेका छन् ।
यससँगै १३ दिनदेखिको प्रदेशको बजेट शून्यताको अवस्था अन्त्य भएको छ । सर्वोच्चको दिएको परमादेशबाट शुक्रबार मुख्यमन्त्री कार्कीले बजेट ल्याउन अध्यादेश जारी गर्न खापुङसमक्ष सिफारिस गरेका थिए । सरकारको सिफारिसमा प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङले जारी गरेका हुन् ।
कार्कीले आफू मुख्यमन्त्री छँदा प्रदेशसभा अन्त्य गरेर गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेशलाई त्यसपछि बनेको कांग्रेसका उद्वव थापा नेतृत्वको सरकारले छलफलका लागि असार १४ मा प्रदेशसभामा टेवल गरेको थियो । तर प्रतिपक्ष एमाले र राप्रपाका सांसदहरूले छलफलमा भाग लिन मानेनन् । सरकारलाइ प्रतिस्थापन विधेयक ल्याउन धेरै समय नै थिएन ।
अनुमोदन गर्न भदौ १० भित्र प्रतिस्थापन विधेयक ल्याउनु पर्ने हुन्थ्याे । तर सरकारविरुद्ध नै भदौ ६ मा कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गराए र सर्वाेच्चकाे एक इजलासले भोलिपल्ट सरकारलाई दीर्घकालीन असर पुर्याउने किसिमका कुनैपनि नीतिगत निर्णय नगर्न अल्पकालीन आदेश भएपछि अध्यादेशबाट ल्याइएको बजेट निष्क्रिय हुन पुगेको थियो । अध्यादेश जारी भएको मितिबाट ६० दिनभित्र प्रदेशसभाबाट अनुमोदन हुनुपर्ने नत्र, निष्क्रिय हुने व्यवस्था छ ।
पछि त्यही मुद्दामा भदौ २२ गते सर्वाेच्चका तीन न्यायाधीशकाे पूर्ण इजलासले अन्तिम फैसला गर्दै कार्कीको थापा नेतृत्वको सरकार असंवैधानिक भएको ठहरसहित कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी भएको थियो । त्यसबमोजिम खापुङले शुक्रबार मात्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
त्यसपछि प्रदेश सरकार बजेट शून्यतामा परेको थियो । आज फेरि बजेट अध्यादेश जारी भएका कारण बजेट ल्याउने बाटो खुलेको छ । यसरी ल्याएको बजेट अध्यादेशलाई आगामी ६० दिनभित्र प्रदेशसभाबाट अनुमोदन हुनुपर्नेछ ।
यसबिचमा मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता कार्कीलाई छ । त्यस उनी सफल हुन सकेनन् भने कोशीमा राजनीतिक संकट थप पेचिलो बन्ने अवस्था पनि उत्तिकै छ । कार्कीकाे याे दाेस्राे कार्यकाल हाे । काेशीमा ८ महिनामा ४ वटा सरकार बनिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
जेठ १३, २०८१ आइतबार
अज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
पर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट
जेठ १४, २०८१ सोमबार
वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै
जेठ १४, २०८१ सोमबार
नारायणगढ–मुग्लिन सडक : चार सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु, २२ घाइते
जेठ १४, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
कोलकाताले जित्यो आईपीएलको उपाधि
जेठ १४, २०८१ सोमबार