फास्ट ट्रयाकमा सेनाको अलमल : ६ वर्षमा २८ प्रतिशत सकियो, दुई वर्षमा ७४ प्रतिशत काम सक्न कठिन
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १२:७:८
२५ भदौ, काठमाडौं । नेपाली सेनाले चार वर्षमा काम सक्ने गरी ६ वर्षअघि लिएको काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्याक)को निर्माणमा हालसम्म २८ प्रतिशतमात्र काम सकेको छ । ६ वर्षमा २८ प्रतिशत काम सकेको सेनाले अबको दुई वर्षमा सबै काम सिध्याउने भनेपनि पत्यार लाग्दो कुनै आधार दिन सकेको छैन । गत ५ वैशाखको मन्त्रिपरिषद निर्णयपछि ‘फास्ट ट्र्याक’ निर्माणको समयावधि दुई वर्ष थपिएको हो ।
महालेखा परीक्षकको कार्यालयले २१ प्रतिशत मात्रै काम सकिएको रिपोर्ट बुझाएको केही दिनमा सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ‘फास्ट ट्र्याक’ अवलोकन गर्न लगेर कुल लागत र समय बढाएको हो ।
चैत ०८१ मा काम सक्ने पूर्व कार्यतालिकामा हेरफेर गर्दै ‘फास्ट ट्र्याक’ निर्माणको नयाँ कार्यतालिका चैत ०८३ बनाइएको थियो । त्यसको केही दिन अघि मात्रै सेनाले प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री खड्कालाई फाष्ट ट्रयाकको अवलोकनका लागि भन्दै हेलिकोप्टर चढाएर बाराको निजगढ पुर्याएको थियो ।
सेनाले समयमा निर्माण कार्य हुन नसकेकोमा कोभिड– १९ को महामारीलाई दोष दिएको छ । उसले निर्माणकार्य प्रभावित भएको भन्दै सरकारलाई ‘फास्ट ट्र्याक’ निर्माणको कार्यविधि दुई वर्ष थप गराउन लगाएको थियो । पूर्व निर्धारित कार्यपालिका अनुसार काम सक्ने गरी काम गरे पनि कोभिड– १९ को महामारी लगायतले प्रभावित भएको र थपिएको अवधिमा काम सकिने सेनाको दाबी छ ।
आइतबार यही सम्बन्धी जानकारी दिन सेनाले काठमाडौं–निजगढ द्रुतमार्ग परियोजनाकै खर्चमा जंगी अड्डामा भव्य कक्टेल पार्टीको समेत आयोजना गरेको थियो । दिउँसो त्यसका प्रमुख उपरथी कमलविक्रम शाहले आगामी चैत ०८३ भित्र काम सकिने जानकारी दिएर बेलुकी कक्टेल पार्टीको आयोजना गराएका थिए ।
समयावधि थपसँगै सेनाले ‘फास्ट ट्याक’को डीपीआर पनि संशोधन गरेको छ । सेनाले संशोधित डीपीआर गत ३० साउनमा मात्रै स्वीकृत गरेको थियो । संशोधित नयाँ डीपीआर अनुसार ‘फास्ट ट्याक’को कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । सुरुमा फास्ट ट्याकको कुल लम्बाइ ७२.५ किलोमिटर थियो । नयाँ डीपीआर अनुसार ‘फास्ट ट्र्याक’को कुल लागत रकम दुई खर्ब ११ अर्ब ९३ करोड पुर्याएको छ । ‘हरेक वर्ष लागत बढ्दै गएको छ’, सेना स्रोतले भन्यो । २१ वैशाख ०७४ यता नेपाली सेनाले ‘फास्ट ट्याक’ निर्माण गर्दै आएको छ ।
१ भदौ ०७६ मा डीपीआर स्वीकृत गरिएको ‘फास्ट ट्याक’को आर्थिक वर्ष ०८०÷८१ भित्र सक्ने सम्झौता गरिएको थियो । तर, अहिलेसम्म सम्पूर्ण ठेक्काको २६.१४ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । ‘फास्ट ट्याक’को अझै ७३.८६ प्रतिशत काम बाँकी छ, जुन अत्यन्तै जटिल प्रकृतिका भएपनि आधा काम नसकिएको अवस्थामा दुई वर्षभित्रै सक्ने भनेर सेनाले यसलाई थप अल्मल्याउने प्रयासमा लागेको छ । निर्धारित अवधिभित्र काम सक्न सेनाले प्रत्येक वर्ष २४.६२ प्रतिशत भौतिक प्रगति गर्नुपर्ने हुन्छ । ६ वर्षयताकै कार्य प्रगति विवरण विश्लेषण गर्दा सेनाले प्रतिवर्ष पाँच प्रतिशत मात्रै काम गरेको छ । यही गतिमा काम अघि बढे थप गरिएको नयाँ मितिमा पनि निर्माणकार्य सक्ने अवस्था छैन ।
सुरुमा सरकारले चार वर्षभित्र काम सक्न भन्दै २१ वैशाख ०७४ मा ‘फास्ट ट्याक’को जिम्मा सेनालाई दिएको थियो । निर्धारित समयमा काम भएको भए ०७८ को वैशाखमै ‘फास्ट ट्याक’को काम सकिन्थ्यो । डीपीआरमा विवाद, सुरुङ तथा पुल निर्माणमा अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्तिमा ढिलाइलगायतका कारणले ‘फास्ट ट्र्याक’को निर्माण गति अघि बढ्न सकेन । विवादकै कारण करिब दुई वर्ष सेनाले डीपीआर विना नै काम ग¥यो । १ भदौ ०७६ मा कोरियन कम्पनीले बनाएको डीपीआर स्वीकृत भयो ।
त्यसपछि मात्रै सेनाले डीपीआर अनुसार काम गर्दै आएको छ । त्यसो हुँदा सेनाले ‘फास्ट ट्याक’ निर्माणको सम्झौता मिति डीपीआर स्वीकृत भएको दिनलाई मानेको छ । सोही अनुसार ४ भदौ ०८० लाई फास्ट ट्याक निर्माणको म्याद अवधि मानेको थियो । लागत रकम २०.९५ प्रतिशतले बढेर दुई खर्ब ११ अर्ब ९३ करोड पुगेको छ । सेनाले फास्ट ट्रयाक निर्माणमा ६ वर्ष यता ४९ अर्ब २३ करोड रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको २८.११ प्रतिशत प्रगति हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन बस्छुः केसी
बैशाख २९, २०८१ शनिबार
नेपालको नक्सा नोटमा छाप्दा के चिन्ताः अध्यक्ष ओली
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ?
बैशाख २९, २०८१ शनिबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
फोहर सङ्कलनमा नेपाली सेना प्रथम
बैशाख २९, २०८१ शनिबार
व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार
रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू
बैशाख २९, २०८१ शनिबार
ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन
बैशाख २९, २०८१ शनिबार
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी
बैशाख २९, २०८१ शनिबार