डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा फेला परेको शव गुल्मपति पण्डितको भएको पुष्टि

नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १८:१:२६
२६ भदौ, काठमाडौं । मंगलबार बिहान डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित खदाङमा फेला परेको पुरुषको शव सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मपटि (मेजर) बिमल पण्डितको रहेको पुष्टि भएको छ ।
मंगलबार बिहान स्थानीय माछा मार्न जाल खेल्दै जाने क्रममा करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी शिव बुढाथोकीको नेतृत्व प्रहरी टोली शव भएको ठाउमा पुगेको थियो । टोलीले शवलाई सदरमुकाम ल्याएर पहिचान गर्ने क्रममा शव मेजर पण्डितको भएको पुष्टि भएको हो ।
काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्हदेखि अंगरक्षकलाई छाडेर सम्पर्कविहीन भएका थिए । शवमा बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा रहेको औठीबाट शव तत्काल पहिचान भएको थियो । पण्डितका दाजु कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए ।
पण्डित बेपत्ता भएदेखि नै उनको बुबा गुल्ममै रहँदै आएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुको सदरमुकाम गमगढी बजारमा भिषण आगलागी
असोज ६, २०८० शनिबार
मुगुको गाउँमै पुग्यो बर्थिङ सेन्टर
असोज ५, २०८० शुक्रबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार