सुन प्रकरणमा दावाकी श्रीमती अमलासहित १८ फरार, ४२ जना प्रहरी खटाएर गरिएको थियो अनुसन्धान
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १२:४४:४५
२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान सकाएको जनाएको छ । अनुसन्धानको क्रममा सीआईबीले ३२ जनालाई पक्राउ गरेको छ । १८ जना फरार रहेका छन् । फरार रहनेमा पक्राउ परेका दावा छिरिङकी श्रीमती अमला रोकासहित अन्य रहेका छन् ।
कमला रोक्का नेकपा माओवादीका नेताहरू नजिक रहेको पाइएको छ । उनकै कारण दावाले माओवादीका नेताहरुसँग सम्बन्ध बढाएर तस्करी गर्दै आएका थिए । सीआईबीले कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रतिवेदनबारे जानकारी गराई प्रतिवेदन सरकारी वकिललाई बुझाउन लागेको छ । अनुसन्धानका क्रममा भाषको समस्या आएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।
आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐन अन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सीआईबीको तयारी छ । संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । अनुसन्धानका क्रममा ४२ जना प्रहरी अधिकारीहरू खटिएका थिए ।
पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको थियो । ब्रेक शुसहितको सुन १५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो ७१६ ग्राम फेला परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
चितवनको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार