विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १२:५६:१९
२७ भदौ, रुकुम । रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो । “कति खेर बत्ती जान्छ टुङ्गो हुदैन ।
“आउने जाने बत्तीका कारण हामी आजित भइसकेका छौँ”, स्थानीयवासी गणेश केसीले भने, “कहिले बत्ती आउने जाने हुन्छ त कहिले आउँदै आउदैन”, उनले भने । बत्तीका कारण कतिपय काम गर्न निकै गाह्रो हुने गरेको स्थानीय बिजुलीका सामान व्यापारीको पनि गुनासो थियो ।
“विद्युतबाट हुने काम कति धेरै छन् । ती काम गर्न निकै गाह्रो छ । ग्राहक काम लिएर आएका हुन्छन् । बत्ती छैन भनेर पठाउनुपर्छ”, व्यापारी प्रेम खत्रीले भने । आउने जाने बिजुलीका कारण सरकारी कार्यालयलाई पनि सेवा दिन समस्या भएको छ । जिल्ला अस्पताल सल्ले, जिल्ला प्रशासन कार्यालयलगायत ठाउँमा विद्युत नहँुदा सेवा दिन मुस्किल भएको कार्यालयको भनाइ थियो ।
रुकुम पश्चिम र पूर्वका लागि सल्यानको शीतलपाटीदेखि धैरेनीचौर र जाजरकोटको कुदुदेखि धैरेनीचौरसम्म विद्युत् आपूर्ति हुँदै आएको छ । अहिले त रुकुम पूर्वमा रहेको रुकुमगाडको विद्युत पनि सवस्टेसनमै जोडिएको छ । ३३/११ केभी र तीन एमभीए क्षमताको विद्युत सवस्टेसन तयार भएपछि जिल्लामा विद्युत अनियमितको समस्या कम हुन्छ भन्ने आसमा रहेका उपभोक्ता आउने जाने विद्युतका कारण हैरान भएका हुन् ।
धैरेनीचौरमा सवस्टेसन निर्माण नहुँदै यसअघि सल्यानको शीतलपाटीदेखि जिल्लामा ११ केभी क्षमताको विद्युत् प्रवाह भइरहेको थियो । अहिले भने ३३ केभी क्षमताको विद्युत प्रवाह भएको भनिएको छ तर विद्युत आपूर्ति भने नियमित छैन ।
तेत्तीस केभी प्रसारणलाई सबस्टेसनभित्र छिराएर ११ केभी प्रसारण लाइन उपभोक्तामा पठाइएको नेपाल विद्युत् प्राधिकरण शेरीगाउँ वितरण केन्द्रले जनाएको छ । “यो बत्ती आउने र जाने भइरहने स्थानीयस्तरको समस्या होइन । जिल्लामा विद्युत्लाइन बिग्रिए र सबस्टेसनमा केही समस्या आएमा हामीले तत्काल मर्मत गरेका छौँ ।”, केन्द्र प्रमुख शिवजिप्रसाद साहले भने । हापुरे सवस्टेसन र कुदु सवस्टेसनबाट नै बेला–बेलामा लाइन जाने गरेको उनको भनाइ थियो । आइपर्ने समस्या समाधान गर्दै आए पनि विद्युत आपूर्ति हुने ठाउँबाटै बत्ती नआएको प्रमुख साहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
नदीमा जलसतह बढेपछि विद्युत् भारततर्फ निर्यात सुरु
जेठ १७, २०८१ बिहिबार
मर्मतपछि इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार